नेमारलाई नाम परिवर्तन गरेर ‘रेमार’ राख्न काकाको सुझाव

काठमाडौंः ब्राजिलका स्टार खेलाडी काकाले ब्राजिलका कप्तान तथा बार्सिलोनाका खेलाडी नेमारलाई रमाइलो सुझाव दिएका छन्।
काकाले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा फ्रान्सेली क्लब पीएसजीसँग ४–० ले पछि परेको स्थिति उल्टाउँदै दोस्रो लेगमा ६–१ गोलको जित निकाल्दा नायक बनेका नेमारलाई नाम परिवर्तन गरेर 'रेमार' राख्न सुझाव दिएका हुन्।
ब्राजिलको रेकर्ड टिभीसँग अन्तर्वार्ता दिँदै ओर्लान्डो सिटीका स्टार खेलाडी काकाले पीएसजीमाथि समग्रमा ६–५ को निकाल्न निकाल्दा नायक बनेका ब्राजिलियन खेलाडी नेमारलाई नाम परिवर्तन गरेर ‘रेमार’ राख्न सुझाव दिएका हुन्।
‘नेमारले बार्सिलोनाका लागि धेरैथोक गरेको छ। मलाई विश्वास छ ऊ विश्वकै राम्रो खेलाडी बन्ने धुनमा छ। तर, मेरो विचारमा उसले आफ्नो नाम रेमार राख्यो भने झन् राम्रो अवसर सिर्जना हुनेछ,’ रेकर्ड टिभीसँगको अन्तर्वार्तामा ठट्टा गर्दै काकाले भने।
उनले भनेका छन्,‘ब्राजिलका महान खेलाडी जसले जितेका छन्। उनीहरु सबैको नाम र बाट नै सुरु हुन्छ।’ रोमेरियो, रोनाल्डिनो, रोनाल्डो, रिभाल्डो, रिभेलिनो जस्ता ब्राजिलका महान खेलाडीहरुको नाम पनि ‘र’ बाटै सुरु भएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस !
