रियल मड्रिडद्वारा एथ्लेटिक क्लब पराजित, बार्सिलोना ५ अंकले पछि पर्यो

काठमाडौंः एथ्लेटिक विल्बाओलाई पराजित गर्दै रियल मड्रिडले ला लिगामा दोस्रो स्थानमा रहेको बार्सिलोनासँग पाँच अंकको दूरी कायम गरेको छ। गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिक क्लबलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको २५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा करिम बेन्जिमाले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलमा पहिलो हाफमा रियल मड्रिडले एक सून्यको अग्रता लिएको थियो।
तर, खेलको ६५ औं मिनेटमा एथ्लेटिको विल्बाओका लागि एडुरिचले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि ६८ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडको संकट टारेका थिए।
जितसँगै रियल मड्रिड २७ खेलबाट ६५ अंकका साथ शीर्ष स्थानमा यथावत छ भने समान खेलबाट ६० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस !
