ईशनिन्दा आरोपमा सरिफमाथि कुफ्र फतवा

ईशनिन्दा आरोपमा सरिफमाथि कुफ्र फतवा

इस्लामाबादः एक मुस्लिम धर्मगुरु मौलवीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफविरुद्ध ‘ईशनिन्दा' आरोपमा फतवा जारी गरेका छन् । होलीको शुभकामना दिँदा इस्लाम धर्मविरुद्ध बोलेको भन्दै उनीमाथि फतवा जारी गरिएको हो ।

पाकिस्तानको राजनीतिक र सामाजिक परिस्थितिमा हिन्दूहरूको चाड होलीमा दिइएको शुभकामनालाई ऐतिहासिक सन्देश मानिएको थियो । उनले आफ्नो भाषणमा समग्रता, सहिष्णुता, धार्मिक सद्भाव र शान्तिपूर्वक मिलेर बस्नु उत्तम हुने बताएका थिए । कार्यक्रममा उनले त्यहाँ उपस्थित हिन्दूसँग भनेका थिए, ‘दुई वर्षअघि म तपाईहरूको भइसकें र तपाईंहरू मेरा भइसक्नुभयो । यो सम्बन्ध निकै सुदृढ भएको छ ।'
हिन्दू धर्मावलम्बीलाई यस्तो भनेर सम्बोधन गर्नु इस्लामविरोधी भएको ती धर्मगुरुको भनाइ छ ।

यसै विषयलाई लिएर मौलवी अल्लामा अशरफ जलालीले भने, ‘नवाज सरिफले इस्लाम धर्मको विरुद्ध बोलेर ईशनिन्दा मात्र गरेनन् । उनले त पाकिस्तान स्थापनाको आधारभूत सिद्धान्तको पनि अपमान गरे ।' मौलवी जलाली पाकिस्तान अहले सुन्नाह वा-जानाहका नेता एवं सुन्नी इत्तेहाद परिषद्का सचिव पनि हुन् । सरिफले होलीको अवसरमा १४ मार्चमा कुनै पनि मानवलाई कुनै खास धर्म मानेर भनेर बाध्य बनाउन नहुने बताएका थिए । सरिफले भनेका थिए, ‘खुदाले कुनै शासकसँग यो धर्मका मानिसका लागि के गरिस् भनेर सोध्दैनन् । उनले त मानवका लागि असल काम गर्नुपर्छ भनेर सोध्छन् ।'

यो गल्तीका लागि सरिफले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् । पाकिस्तानको प्रधानमन्त्री बन्दा लिइएको शपथ उल्लंघन गरेर सरिफले इस्लामको अपमान गरेको उनको कथन छ । यसअघि उनले पाकिस्तान तहरिक-ए-इन्साफका प्रमुख इमरान खानमाथि पनि यस्तै फतवा जारी गरेका थिए । धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै खानले पत्रकार सम्मेलनमा सार्वजनिक रूपमा माफी मागेका थिए । इस्लाम शिक्षा र यसमा बताइएका सत्यलाई अस्वीकार गर्नुलाई कुफ्र भनिन्छ ।

सैन्य अदालतको पक्षमा नेशनल एसेम्बली

पाकिस्तानको संसद् नेशनल एसेम्बलीले आतंकवादसँग लड्न विवादास्पद सैन्य अदालत कायम राख्ने पक्षमा मतदान गरेको छ । पाकिस्तानका कानुन एवं न्यायमन्त्री जाहिद हामिदले सैन्य अदालतलाई फेरि सुरु गर्नुपर्ने पक्षमा संसद्मा प्रस्ताव पेस गरेका थिए । प्रस्तावको पक्षमा २५५ मत परेको थियो भने यसको विरोधमा ४ जना सभासद्ले मात्र मत दिएका थिए । हामिदले भने, ‘हाम्रो देशमा अझै पनि विशेष परिस्थिति विद्यमान छ । विशेष खालका अपराध र आतंकसँग जुध्न सैन्य अदालत फेरि सुरु गर्नु आवश्यक छ ।' यो विधेयक तल्लो सभाबाट पास भएसँगै दुई वर्षसम्म उक्त अदालतको कार्यकाल रहनेछ । यो अदालतले सुनाएका निर्णयका विरुद्ध कुनै पनि अदालतमा पुनरावेदन गर्न पाइँदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.