लण्डन आक्रमण: पाँच जनाकाे मृत्‍यु, सात पक्राउ

लण्डन आक्रमण: पाँच जनाकाे  मृत्‍यु, सात पक्राउ

एजेन्सी:  वेलायती प्रधानमन्त्री टेरेसा मेले वेलायती सुरक्षा व्यवस्था कमजोर रहेको नठान्न अनुरोध गर्दै प्रधानमन्त्री मेले राष्ट्रको वर्तमान सुरक्षा प्रणालीमा आएका चुनौतीको सामना गरी सुरक्षा व्यवस्था सवल र सुदृढ बनाउन सरकारले पर्याप्त प्रयासहरु अपनाएकोले ढुक्क हुन सबैलाई आग्रह गरेका छन । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ पछिको सबभन्दा भयावह घटना मानिएको छ ।


प्रहरीको बहादुरीले धन जनको थप नोक्सानी हुन नपाएको उल्लेख गर्दै प्रधानमन्त्री मेले आतङ्ककारी विरुद्ध अति शीघ्र र वीरतापूर्वक लडी कत्र्तव्य पालनको क्रममा ज्यान गुमाउन पुगेका अमर प्रहरी किथ पामरलाई हार्दिक श्रद्धान्जलि व्‍यक्त गरेकी छिन्।

छिटफुट रुपमा सोच्दै नसोचेको घटना भएको स्मरण गराउँदै प्रधानमन्त्री मेले आक्रमणकारीलाई विकृत मनस्थितिका दानवको संज्ञा दिए । राजधानी लण्डनको संसद भवन बाहिर बुधवार राति एक जना आतंककारीले सर्वसाधारण माथि जथाभावी छुरा प्रहार गरी पाँच जनाको ज्यान लिएको थियो ।

सो आक्रमणमा ४० जना घाइते भएका थिए । आक्रमणमा संलग्न भएको आशंकामा वेलायती प्रहरीले सात जनालाई पक्राउ गरेको छ। सो घटनाको घोर निन्दा र भत्र्सना गर्दै प्रधानमन्त्री मेले आफनो निवास बाहिर सम्बोधन गर्दै वेलायती जनतालाई विचिलित नहुने आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.