भारतका ६ शहर महिलाको लागि असुरक्षित
एजेन्सी: भारतको नेशनल क्राइम ब्युरोले महिलाका लागि शहर सुरक्षित नभएको रिपोर्ट सार्वजनिक गरेको छ। दिनप्रतिदिन महिला हिंसा र महिलामाथिको अपराध बढ्दै गएको ब्युरोको ठहर छ। भारतका कुन कुन शहर महिलाका लागि सुरक्षति छैनन् त ?
१.दुर्ग-भिलाई,छत्तीसगढ
भारतको छत्तीसगढस्थित दुर्ग-भिलाई शहरमा महिला माथिको अपराध दिनप्रतिदिन बढ्दै गएको छ। तथ्याङक अनुसार यहाँ अपराधको रेट 16.४ को दरले बढिरहेको छ भने महिलामाथि बलात्कारको दर ७.९ रहेको छ।
२.नागपुर, महाराष्ट्र
महाराष्ट्रको नागपुर शहरमा पनि महिला माथि हुने आपराधिक क्रियाकलाप दिनानदिन बढ्दै गएको छ। यहाँ महिला हिंसाको दर १५.७ रहेको छ भने बलात्कार ६.६ पुगेको छ।
३.भोपाल, मध्य प्रदेश
यस्तै भोपाल शहर महिलाको लागि असुरक्षित मानिएको छ। यहाँ पनि महिला सुरक्षित छैनन् किनकी अपराधको रेट १७.१ र बलात्कारको दर ७.१ रहेको तथ्याङकले देखाएको छ।
४.ग्वालियर, मध्य प्रदेश
मध्य प्रदेशको ग्वालियर शहर महिलाको लागि खराब मानिन्छ। यहाँ पनि महिला हिंसाको दर १७.१ रहेको छ भने बलात्कारको दर १०.४ रहेको छ।
५.दिल्ली
यस्तै भारतको दिल्ली पनि तथ्याङको आधारमा महिलामाथि अपराधिक हुने शहरमा पर्छ। सन् २०१५ मा दिल्लीमा १ हजार ८ सय ९३ महिलामाथि बलात्कार भएको मुद्दा दर्ता भएको छ। यसका साथै ४ हजार ५ सय ६३ महिला हिंसाको उजुरी दर्ता भएको तथ्याङले देखाएको छ। दिल्लीमा बलात्कारको दर भने ११.६ प्रतिशतको हाराहारीमा रहेको छ।
६.जोधपुर
यस्तै भारतको जोधपुरस्थित किलो शहर पनि महिलाको लागि असुरक्षित मानिन्छ। विशेषगरी पर्यटकीय नगरीमा आउन-जान महिलाको लागि असुरक्षित मानिएको छ। यहाँ महिला उत्पीडन तथा बलात्कारलगायतको उजुरी १३.४ रहेको र महिलामाथि यौन हिंसाको दर ३८.७ प्रतिशत रहेको क्राइम ब्युरोले उल्लेख गरेको छ।