जर्मन फुटबलर पोडोलस्कीको सुखद बिदाइ

जर्मन फुटबलर पोडोलस्कीको सुखद बिदाइ

म्युनिख : लुकास पोडोलस्कीले आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्व विजेता जर्मनीले इङ्ल्यान्डलाई पराजित गरेको छ । जर्मन टोलीबाट अन्तिम खेल खेल्दै सन्न्यास लिएका पोडोलस्कीले गोल गरेपछि बुधबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले इङ्ल्यान्डलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई पहिलो हाफमा इङ्ल्यान्डले गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा दुवै टोलीले लगातार आक्रमण गरे पनि सफल हुन सकेनन् ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्णय दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको ६९औं मिनेटमा जर्मन राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका पोडोलस्कीले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । ३१ वर्षीया प्रभावशाली स्ट्राइकर पोडोलस्कीले टोलीलाई जित दिलाएर आफ्नो बिदाइलाई समेत सुखद बनाए । 'यो खेल मेरा लागि चलचित्र जस्तो भयो । भगवान्ले मलाई बलियो बायाँ खुट्टा दिनुभयो र मैले त्यही खुट्टाको प्रयोग गरें', पोडोलस्कीले खेलपछि भने 'मेरा लागि ठूलो खेल, ठूलो नतिजा र बिदा लिने ठूलो अवसर मिल्यो ।'

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका पोडोलस्कीले इङ्ल्यान्डविरुद्धको खेलमा कप्तानी सम्हालेका थिए । बोरुसिया डर्टमन्डको रंगशालामा भएको खेलमा उनको बिदाइ पनि भव्य बनेको थियो । उनका लागि मैदानमै विशेष कार्यक्रमको आयोजना गरिएको थियो । सन् २००४ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका पोडोलस्कीले जर्मनीबाट एक सय ३० खेल खेल्दै ४९ गोल गरेका छन् ।

सन् २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण खेलाडी रहेका उनले सन् २००६ को विश्वकपमा बेस्ट योङ प्लेअरको अवार्डसमेत जितेका थिए । सन् २०१८ को विश्वकप छनोटको तयारीका लागि विश्व विजेता जर्मनी र इङ्ल्यान्डबीचको मैत्रीपूर्ण खेलको आयोजना गरिएको थियो । छनोट चरणअन्तर्गत आइतबार जर्मनीले अजरबैजानको सामना गर्नेछ ।

यसैगरी विश्वक पक छनोट अन्तर्गत एसियालली देशको समुह 'ए' को तेस्रो चरणको छनोट खेलमा चीनले दक्षिण कोरियालाई १-० गोलले हराएको छ । चीनका लागि दवाओ युले ३४ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.