'निर्णायक टेस्टमा भारत दबाबमा'

'निर्णायक टेस्टमा भारत दबाबमा'

धर्मशाला : शनिबारबाट हिमाञ्चल प्रदेशको धर्मशालामा भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेट सुरु हुँदैछ । चार टेस्टको शृंखला हाल १-१ को बराबरीमा रहेको अवस्थामा धर्मशाला टेस्टलाई निकै उत्सुकताका साथ हेरिएको छ ।

घरेलु टोली भारत र पाहुना टोली अस्ट्रेलिया चौथो टेस्ट जितेर शृंखला कब्जा गर्ने ध्याउन्नमा रहेका बेला अस्ट्रेलियाका तीव्र गतिका पूर्वबलर मिचेल जोन्सनले चौथो टेस्टमा घरेलु टोली भारतले दबाबमा खेल्ने खुलासा गरेका छन् ।

धर्मशाला क्रिकेट मैदानका क्युरेटरले त्यहाँको पिच तीव्र गतिका बलरका लागि सहयोगी रहेको दाबी गरेलगत्तै अस्ट्रेलियाका लागि तीन सय १३ विकेट लिएका जोन्सनले भारतीय ब्याट्सम्यानसामु अस्ट्रेलियन बलर हाबी हुने दाबी गरेका हुन् । विराट कोहली एन्ड कम्पनी दबाबमा हुँदा अस्ट्रेलियन तेज बलरको उत्साहले धर्मशालामा छुट्टै रौनक ल्याउनेछ', जोनसनले भनेका छन् ।

जोन्सनले धर्मशालाको पिच उत्कृष्ट रहेको दाबी पनि गरेका छन् । 'यहाँको पिचमा घाँस छोटो छ, जसले अस्ट्रेलियाली टोलीले छुट्टै आत्मविश्वास प्राप्त गर्नेछ', उनले भने । जोन्सनले भारतीय टोली आवश्यक्ताभन्दा बढी आत्मविश्वासका साथ खेल्ने भएकाले पनि परिणाम अस्ट्रेलियाको पक्षमा जाने बताए । हिमाञ्चल प्रदेशको पहाडको काखमा अवस्थित धर्मशाला मैदानमा शनिबार पहिलो पटक टेस्ट क्रिकेट आयोजना हुन लागेको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलका लागि निर्माण गरिएको धर्मशाला मैदान भारतको २७ औं र विश्वको एक सय ४१ औं टेस्ट स्थल बनेको छ । यी दुईबीचको पहिलो टेस्ट अस्टे«लियाले तीन सय ३३ रन र दोस्रो टेस्ट भारतले ७५ रनले जितेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.