तयार हुँदैछन् दक्ष डकर्मी

तयार हुँदैछन् दक्ष डकर्मी

घरमा खाना पकाउने रा खेती किसानको काम गर्थिन् । कुनै सीप थिएन । दिनचर्या बिनाआर्थिक उपलब्धिमै बित्ने गथ्र्यो । अहिले भ्याइनभ्याइ छ । बस्तुभाउको काम गर्न भ्याउँदिनन् । धादिङ थाक्रे गाउँपालिका १ की उमा बुढाथोकी अचेल बिहानै घरधन्दा सकेर छोरीलाई विद्यालय पुर्‍याएर सीधै तालिम लिन जान्छिन् । ५० दिने डकर्मी तालिमले व्यस्त भएकी उमालगायत अरू महिलालाई उक्त तालिमले सीप मात्र सिकाएको छैन, आत्मविश्वास पनि बढाएको छ ।

‘पहिला त डकर्मी तालिम भनेर अप्ठेरो लागेको थियो तर हिम्मत गरेर आएँ', बुढाथोकी भन्छिन्, ‘अहिले त आत्मविश्वास बढेको छ । तालिमपछि घर बनाउन सक्छु ।' तालिमकै क्रममा कामको प्रस्ताव आएपछि सहभागी महिला झनै उत्साही भएका छन् । धादिङ बैरेनी नगरपालिका ८ की सम्झना मगर तालिम सकेको भोलिपल्टै काम थाल्न आतुर छिन् । २२ वर्षीया मगर भन्छिन्, ‘प्रयोगात्मक भएकाले तालिमले आत्मविश्वास बढाएको छ ।' दस कक्षासम्मको अध्ययनपछि खेतीकिसानी गरेरै बसेकी मगर अहिले सुरक्षित घर निर्माण गर्ने दक्ष डकर्मी बन्दैछिन् ।

उमा र सम्झनाजस्तै विमला घिमिरे पनि डकर्मी तालिममा सहभागी छिन् । १७ पुरुष साथीसँगै भूकम्प प्रतिरोधात्मक घर निर्माण तालिमले पुरुषसरह महिलालाई पनि दक्ष कामदारका रूपमा तयार गर्दैछ । अर्थ उपार्जनविहीन घरेलु काममा दिनचर्या बिताइरहेका महिला दक्ष बन्दा स्वरोजगारका साथसाथै सामाजिक परिवर्तन पनि हुने विश्वास गर्न सकिन्छ ।

साना किसान विकास बैंकले धादिङको गोगनपानी गाउँपालिकामा माघ १७ बाट सुरु गरेको भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने ५० दिने डकर्मी तालिमले स्वरोजगार युवा तयार गर्दैछ । गाउँगाउँमा दक्ष प्राविधिक नहुँदा भूकम्पपीडितको घर निर्माणकार्य ढिला भइरहेकाले प्राविधिक सीपयुक्त दक्ष डकर्मी उत्पादन गरी घर निर्माण सहज र छिटो सम्पन्न गर्न बैंकले डकर्मी तालिम सुरु गरेको हो । बैंकले भूकम्प अति प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न एसियाली विकास बैंकको सहयोगमा उक्त तालिम सञ्चालन गरेको हो ।


 भूकम्प प्रभावित क्षेत्रमा थालिएको डकर्मी तालिमले पुरुषसहित महिलालाई पनि दक्ष डकर्मीका रूपमा तयार पार्दैछ । तालिमको पूर्णतासँगै प्राविधिक सीपयुक्त दक्ष डकर्मी उत्पादन हुँदैछन् ।

डकर्मी तालिमप्रति विश्वास पनि बढ्दो छ । तालिमबाट दक्ष डकर्मी तयार नहुँदै घर बनाउन अर्डर दिन धाउनेहरू दिनहुँ बढ्दा छन् । तालिम नसकिँदै डकर्मीहरू कामका लागि अनुबन्धित भइसकेको साना किसान बैंक तथा एसियाली विकास बैंकका परामर्शदाता नवराज सिंखडाले बताए । तालिमलगत्तै कार्यस्थलमा गएर काम गर्न प्रशिक्षार्थी पनि उत्साहित देखिन्छन् । तालिम सकिनासाथ आफ्नो गाउँपालिका र पछि अन्यत्र भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न जाने योजना प्रशिक्षार्थी कृष्णप्रसाद अर्यालले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.