कर्णालीमैत्री आर्थिक नीति बनाउन सुझाव

कर्णालीमैत्री आर्थिक नीति बनाउन सुझाव

सुर्खेत: संघीय संरचनामा अपनाइने आर्थिक नीतिको विषयमा बहस सुरु भएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको संरचना निर्माण भएसँगै सोही अनुकूलको आर्थिक नीति निर्माणको विषयमा बहस सुरु भएको हो । प्रदेश नम्बर ६ का बासिन्दाले अबको आर्थिक नीति कर्णाली क्षेत्रलाई थेग्न सक्ने र सुहाउँदो बनाउन सुझाव दिएका छन् ।

अब काठमाडाैंमा निर्माण भएको नीति र योजनाले कर्णाली अर्थात् प्रदेश नम्बर ६ लाई सम्बोधन गर्न नसक्ने भन्दै स्थानीयले अर्थ मन्त्रालयलाई यस्तो सुझाव दिएका हुन् । संघीय संरचनामा आर्थिक नीति तजुर्माका लागि अर्थ मन्त्रालयले गठन गरेको प्राविधिक समितिलाई यस क्षेत्रका नागरिकले प्रदेश ६ को आर्थिक नीति कर्णालीमैत्री हुनुपर्ने सुझाव दिए । वीरेन्द्रनगरमा सोमबार सम्पन्न सुझाव संकलन कार्यक्रममा उनीहरूले कर्णालीको अपेक्षा पूरा गर्न नसक्ने नीतिले यो प्रदेशको अर्थतन्त्रलाई थेग्न नसक्ने बताए ।

मध्यपश्चिमका क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्माले भने, ‘सिमाकंन गर्दैमा संघीयताले पूर्णता पाउँदैन, संघीयताले दूरदराजका बासिन्दालाई पनि सत्ताको अनुभूति दिनुपर्छ । अब काठमाडांैमा बनेको नीतिले यहाँ काम गर्दैन, कर्णालीको अपेक्षा पूरा हुने गरी अबको आर्थिक नीति बनोस् ।’ अन्य प्रदेशको तुलनामा ६ नम्बरमा उत्पादन क्षेत्र कम रहेको र विगतदेखि नै उपेक्षित कर्णाली क्षेत्रको आर्थिक विकासका लागि पनि अबको आर्थिक नीति कर्णालीमैत्री हुनुपर्ने उनको भनाइ छ ।

‘विदेशमा पसिना बगाएको आम्दानीले कर्णालीको अर्थतन्त्रलाई थेग्दैन, उद्योग र उत्पादनको सम्भावना छैन’, उनले थपे, ‘अब काठमाडौंबाट होइन, कर्णालीलाई थेग्न सक्ने र यहाँको अवस्था सुहाउँदो आर्थिक नीति चाहिन्छ । त्यो नीतिले यहाँको आर्थिक विकासमा सहयोग गरोस्, कर्णालीको मुहार नै परिवर्नत गर्न सकोस् ।’ कर्णालीलाई उपेक्षा गरिए संघीयताले पनि कर्णालीको मुहार बदल्न नसक्ने आशंका सर्वसाधारणले गरे । अन्य प्रदेशको तुलनामा भौत्तिक पूर्वाधारको कमी, औद्योगिक क्षेत्र नभएको, उत्पादन क्षेत्रको अभाव, दक्षिणसँगको सीमा नाका नहुनु र लगानीको सम्भावनासमेत पहिचान नभएकाले प्रदेश ६ लाई विषेश आर्थिक क्षेत्रको रूपमा घोषणा गनुपर्ने माग यहाँका बासिन्दाले गरे ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले भने,‘यो क्षेत्रका लागि छुट्टै नीति बन्नुपर्छ, अन्य प्रदेशलाई हेरेर यहाँको नीति बनाउनु हुँदैन । यहाँको अवस्था फरक छ, यसलाई आत्मसात गरेर नीति बनाऔं ।’ अहिले ध्यान नदिएर नीति तर्जुमा गर्दा भविस्यमा कर्णालीले अर्थतन्त्र थेग्न नसकेर केन्द्र सरकारको भर पर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उनले सचेत गराए । उनले जडीबुटी उद्योग, पर्यटन विकास र रोजगारी सिर्जना हुने गरी प्रदेश ६ को आर्थिक नीति बनाउनुपर्ने सुभलाव दिए ।

यस क्षेत्रका नागरिकले कर्णालीलाई उपेक्षा गरेर अबको कुनै पनी नीति सफल नहुने भन्दै कर्णालीले अपनत्व गर्ने नीति निर्माण गर्न सुझाव दिए । यस्तै उनीहरूले जलविद्युत्, पर्यटन, कृषि र जडीबुटीमा लगानी आकर्षण गर्ने नीति आवश्यक रहेको बताए । लगानी आकर्षण गर्दै पर्यटन र जलविद्युत्को विकास भएमा रोजगारी सिर्जना हुने र समग्र प्रदेशको अर्थतन्त्रलाई नै थेग्न सक्ने उनीहरूको दाबी छ । यस्तै सरोकारवालाले कर्णालीको आर्थिक अवस्थामा सुधार नहुँदासम्म प्रदेश ६ को विकासमा बाधा हुने बताए । यसका लागि पनि अबको आर्थिक नीतिले कर्णालीलाई सम्बोधन गनुपर्ने उनीहरूको भनाइ छ ।

त्यस अवसरमा आर्थिक नीति तर्जुमा प्राविधिक समितिका संयोजक हरि रोकाले प्रदेश ६ को आर्थिक विकासका लागि कर्णाली क्षेत्रमा सुहाउँदो नीति तय हुने बताए । आफूहरूले स्थानीय तहको सुझाव र भावनालाई समावेश गर्दै प्रतिवेदन सरकारलाई बुझाउने उनको भनाइ छ । उनले भने,‘ अब आफ्नो नीति आफैंले बनाउने हो, कर्णालीले काँचुली फेर्ने नीति अब बाहिर बनाएर हुँदैन । यस क्षेत्रलाई थेग्न सक्ने अर्थतन्त्रको विकासका लागि कर्णालीको भावना समावेश हुन जरुरी छ, अबको आर्थिक नीति त्यसैमा केन्द्रित हुनुपर्छ ।’




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.