बंगलादेशले चार विकेट गुमायाे, अविनाश एक्लैले लिए तीन विकेट

बंगलादेशले चार विकेट गुमायाे, अविनाश एक्लैले लिए तीन विकेट

काठमाडौंः एसीसी इमर्जिङ एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ। नेपालले टस जितेर बंगलादेशलाई व्याटिङको निम्तो दिएको छ।

बंगलादेशको कक्स बजारस्थित शेखकमल स्टेडियममा भइरहेको खेलमा घरेलु टोली बंगलादेशले व्याटिङ गरिरहेको छ। नेपालले १८ ओभरको खेल चलिरहँदा बंगलादेशको चार विकेट झारेको छ। नेपालका लागि सुरुवाती तीन विकेट अविनाश कर्णले लिए। ६ ओभर बलिङ गरेका अविनाशले २१ रन खर्चेर बंगलादेशको सुरुवाती तीन विकेट झारे। यस्तै मेहेबुब आलमले एक विकेट लिएका छन्। बंगलादेशले सुरुवाती पाँच अोभरमै तीन विकेट गुमाएको हाे।

यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल टेष्ट मान्यता राष्ट्र पाकिस्तानको २३ वर्ष मुनिको टोलीसँग ६ विकेटले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.