इमर्जिङ कप क्रिकेट : नेपाल बंगलादेशसँग पनि पराजित

इमर्जिङ कप क्रिकेट : नेपाल बंगलादेशसँग पनि पराजित

काठमाडौं : एसियन क्रिकेट काउन्सिल (एसीसी ) इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार खराव प्रदर्शन गरेको छ । पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा अर्को टेस्ट टोली बंगलादेशको यू–२३ सँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

बंगलादेशको कक्स बजारस्थित शेख कमाल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले बंगलादेशी टोलीलाई दुई सय ५७ रनमा रोकेको थियो । नासिर हुसेनले एक सय नौ रनको शतकीय पाली खेलेपछि बंगलादेशले विशाल योगफल खडा गरेको थियो । बंगलादेशका कप्तान मुनिमल हकले ६१ रनको अर्धशतकीय पाली खेले भने अबुल हसनले २९, अफिफ हुसेनले १४ र मोहमद साइफुद्दिनले १३ रन जोडे ।

नेपालका लागि अविनास कर्ण सर्वाधिक सफल बलर बने । आठ ओभर बलिङ गरेका उनले एक मेडल राख्दै ४६ रन खर्चेर तीन विकेट हात पारे । यस्तै सन्दिप लामिछानेले दुई तथा मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक एक विकेट बाँडे ।

दुई सय ५८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४२.३ ओभरमा एक सय ७४ रन मात्र बनाउन सक्यो । कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएको खेलमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५६ रनको योगदान दिए । ८५ बल खेलेका उनले ६ चौका प्रहार गरे ।

यस्तै विकेट किपर ब्याट्सम्यान दीलिप नाथले ४१ र विनोद भण्डारीले ३३ रन जोडे । उनीहरु दुवैले एक एक छक्का प्रहार गरेका थिए । नेपाली ब्याट्सम्यानमा सुनील धमला एक, आरिफ शेख १२, शरद भेषवाकर दुई, मेहबुब आलम १०, भुवन कार्की ६, सन्दिप लामिछाने तीन र अविनास कर्णले एक रन जोडेका थिए ।

नेपाललाई कम स्कोरमा रोक्न राहतुल फर्दोसले चार विकेट लिए । यस्तै मोहमद साइफुद्दिनले तीन र अबुल हुसेनले दुई विकेट चट्काए । राहतुल फर्दोसले नेपालका दीलिप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर र मेहबुब आलमलाई पेभेलिएन पठाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.