रसुवागढी नाका सञ्चालनमा आएको दुई दिनमै बन्द

रसुवागढी नाका सञ्चालनमा आएको दुई दिनमै बन्द

विदुरः नेपाल र चीनबीचको व्यापारिक नाका सुवागढी पूर्णसञ्चालनमा आएको २४ घन्टा नबित्दै पुनःबन्द भएको छ । पहिरो गएका कारण सडक सफा गर्न ब्लास्टिङ भइरहेको कारण देखाउँदै चीनले बन्द गराएको हो ।

यससँगै दुई दिनदेखि रसुवागढी नाकाबाट मालवाहक सामान आयातनिर्यात ठप्प छ । रसुवागढी-केरुङ सडकमार्गबीचमा रहेको ठूङ्सामा ठूलो पहिरो गएका कारण त्यसलाई हटाउन ब्लास्टिङ भइरहेको छ । यातायात सञ्चालन जोखिमपूर्ण रहेकाले चिनियाँ पक्षले बन्द गरेको सीमा चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिए ।

उनले केरुङतर्फका चिनियाँ प्रहरीका सुरक्षा अधिकारीसँग मंगलबारै नाका सुचारुका सम्बन्धमा छलफल गरेका छन् । ठेकेदारमार्फत पहिरो पन्छाउने कार्य भइरहेका कारण नाका सञ्चालनका लागि तीन दिनदेखि एक साताको समय लाग्ने जानकारी आएको दाहालले बताए ।

दैनिक ४० वटा यातायातका साधन सञ्चालन हुँदै आएको नेपाल-चीनको उत्तरी नाका रसुवागढीबाट दुई दिनदेखि सवारी आवागमन बन्द भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए । उनले नाका पुनः सञ्चालनमा ल्याउन र सुरक्षाका सम्बन्धमा बुधबार चिनियाँ अधिकारीसँग सदरमुकाम धुन्चेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।

सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट १४ किलोमिटर दुरीको स्थानमा पहिरोले सडक अवरुद्ध छ । चिनियाँ भूभागको सडकमा माथिबाट सुक्खा पहिरो गई सडक अवरुद्ध भएपछि नेपाल आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबै सवारीसाधन आवातजावत बन्द छ ।

काठमाडौंदेखि एक सय ५२ किलोमिटर दुरीमा रहेको रसुवागढी नाका चीनले पहिरो नपन्छाएसम्मका लागि बन्द गरेको हो । रसुवागढीदेखि केरुङसम्मको सडक मर्मत भइरहेको र विष्फोटक पदार्थ ब्लास्ट भइरहेका कारण चीनले आवातजावत बन्द गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए । चीनतर्फ गएको पहिरो तथा ल्होछारका कारण डेढ महिनादेखि सुनसान बनेको रसुवागढी नाका दुई दिन अगाडि मात्र सञ्चालनमा आउँदा टिमुरेमा रहेको रसुवागढी भन्सार कार्यालयले आइतबार एकै दिन ठूलो रकम राजस्व संकलन गरेको थियो । फेरि बन्द भएपछि रसुवागढीबाट नेपाल फर्किएका कन्टेनरको मात्र जाँचपास भइरहेको छ ।

चीनको तिब्बतस्थित केरुङबाट सामान लिएर आएका कन्टेनरलगायतका मालबाहक साधनबाट एकै दिन ७३ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो । रसुवागढी नाकाबाट मासिक पाँच सय मालवाहक गाडी आवतजावत हुँदै आएका छन् ।

रसुवागढी नाका हुँदै चीनबाट तयारी पोसाक, जुत्ताचप्पल, मोटर पार्टस, विद्युतीय सामग्रीलगायत आयात हुन्छ । नेपालबाट चीनतर्फ मैदा, चाउचाउ, खुर्सानी, हस्तकलाकालगायत निर्यात हुँदै आएको छ । रसुवागढी नाका गत २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण ६ महिना बन्द भई पुनःसञ्चालनमा आएको थियो । इन्फोरसुवागढी नाका हुँदै चीनबाट तयारी पोसाक, जुत्ताचप्पल, मोटर पार्टस, विद्युतीय सामग्रीलगायत आयात हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.