पर्यटन विकासमा लगानी गर्दै  विश्व बैंक

पर्यटन विकासमा लगानी गर्दै  विश्व बैंक

नेपालगन्जः विश्व बैकले पश्चिम नेपालको पर्यटनको पुर्वाधार विकासमा लगानी गर्ने भएको छ । नेपालगन्जमा मंगलबार सरोकारवालासँगको छलफलमा विश्व बैकका प्राइभेट सेक्टर स्पेसियलिस्ट शाउन मेननले पश्चिम नेपालमा पर्यटनको प्रचुर सम्भावना भएको बताउदै दिर्घकालिन योजना बनाएर लगानी गर्ने जानकारी दिए । उनले भने , ‘अब हामी पश्चिम नेपालमा ५ देखि १० बर्षे योजना बनाएर लगानी गर्दैछौ । ' उनले लगानीको लागि अध्ययन शुरु गरेको बताए ।

उनले भने , ‘त्यहाँ के-के गर्न पर्छ , यहाँको सम्भावना के के छ , सबै कुराको अध्ययन गरेपछि १० बर्षे पर्यटन रणनीतिक योजना बनाएर लगानी गर्छौ । ' उनले विश्व बैकले पर्यटन मन्त्रालयसँग मिलेर पोखरा र पूर्वी नेपालमा पर्यटनको क्षेत्रमा गर्ने लगानी पूर्व अध्ययन गरिसकेको जानकारी दिए । उनले भने , हामीले पोखरा र पुर्वी नेपालमा अध्ययन गरिसकेका छौ ,अहिले पश्चिम नेपाल आएका छौ ।'

अर्का विश्व बैकका विशेषज्ञ औटर साकेनले पश्चिम नेपालका ठुलो लगानी गर्ने तयारी रहेको बताए । उनले पर्यटनको बजार,सम्भावना, नयाँ बजारको खोजी लगायतको विषयमा अध्ययन भइरहेको बताए । उनले अध्ययन पछि नीजि र सार्वजनिक क्षेत्रलाई पर्यटनमा आर्कषित गराउने दिर्घकालिन योजना बनाउने बताए । उनले भौतिक पुर्वाधारको अभाव, सुशासनको अभावको कारण समेत पश्चिम नेपालका पर्यटनको सम्भावना हुदा हुदै पनि विकास हुन नसकेको सुझाव आएको बताए।

उनले पश्चिम नेपालमा रारा ताल, खप्तड, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्ला जस्तौ कयौं पर्यटकिय सम्भावना रहेको बताए । उनले धार्मिक पर्यटनको लागि समेत पश्चिम नेपाल अग्रस्थानमा रहेको पाइएको बताए । उनले सन २०१६ मा हिन्दुहरुको पवित्र धार्मिक स्थल कैलाश मानसरोवर ३० हजार भारतीय नेपालको बाटो भएर गएको जानकारी दिए । उनले मानसरोवर जाने अधिकाश नेपालगन्ज हुदै गएको समेत तथ्याङ प्रस्तुत गरे । उनले नेपालगन्ज पश्चिम नेपालको पर्यटकिय गन्तव्यको मुख्य गेट वे भएको बताए । मानसरोवरलाई टार्गेट गरेर नेपालगन्ज आधा दर्जन बढि तारे होटल खुलिसकेका छन्।

विश्व बैककै विषेशज्ञ रैहाना राब्बनीले पर्यटकिय क्षेत्रको विकास गर्न निजी तथा सरकारी क्षेत्रको समन्वय आवश्यक भएको बताइन । उनले पश्चिम नेपालमा बन्यजन्तु, धार्मिक सम्पदा, बाघको अवलोकन, माछा मार्ने जस्ता कुराको विकास समेत विश्व बैकले लगानी गर्ने बताइन ।

पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सह -सचिव दण्डुराज घिमिरेले नेपालमा पर्यटकिय क्षेत्रको ठुलो भुमिका रहेको बताए । उनले अथतन्त्र, कुल ग्राहयस्त उत्पादनमा पर्यटनको ठुलो महत्व रहेको बताए । उनले पर्यटकिय विकास क्षेत्रमा दातृ सस्थाहरु सहयोग अत्यन्त जरुरी रहेको बताए।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पर्यटनको विकासको पुर्वाधार मु्ख्य प्रथामिकता दिनु पर्ने बताए । उनले पश्चिम नेपालको पर्यटकिय विकासको लागि सडक, विमान स्थललाई सुधार गर्न पर्ने बताए । उनले नेपालमा पर्यटनको विकास सम्भावना प्रचुर भएपनि प्रचार प्रसार हुन नसकेको बताए । उनले नेपालले अझै पनि भारतीय पर्यटकलाई आर्कषित गर्न नसकेको बताए ।

उनले भने, ‘दिल्लीबाट ९/१० घण्टामा नेपालगन्ज आउन सकिन्छ, त्यसको लागि नेपालको पर्यटकिय स्थलको प्रचार प्रसार भारतभर हुनु पर्छ ।' उनले दिल्ली,लखनउबाट सोझै नेपालगन्ज आउने हवाइसेवाको व्यवस्था गर्न सकेमा पश्चिम क्षेत्रको पर्यटकिय विकास ठुलो सफलता मिल्ने बताए । नेपाल भारत मैत्री समाजका अध्यक्ष अजय टण्डनले नेपालगन्जको विकासमा भएका पर्यटन भित्रयाउन सजिलो हुने बताए।

सो छलफल पश्चिम नेपालमा होटलको क्षेत्रमा बाहेक पर्यटकिय क्षेत्रमा निजी क्षेत्रले लगानी नभएको विषयमा समेत छलफल भएको थियो । नेपालका गौरव गर्न लायक राराताल, फोकसुण्डो, काँक्रेबिहार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, बागेश्वरी, स्वर्गद्धारी, बुलबुले ताल, जाजुरा दह, गाईलेक, हनुमानगढी मन्दिर, गाभर भ्याली, अगैया, वाटरपार्क, महेन्द्र पार्क, रानी तलाउ, ढकेरी बनस्पति उद्यान, महावु लेक, कोटको थुम्को, पञ्चकोशी, शिरस्थान, नाभिस्थना, पादुका, धुलेश्वर, कोटिला, सिद्धेश्वर महादेव, पञ्चदेवल, देउती बज्यै मन्दिर, बराह ताल, कुपिण्डे दह, जखेराताल, चरिंगे दह, भोटेदह, बाह्रकुने ताल, चमेरे गुफा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रेर, निलगिरी, धौलागिरी, सिस्ने तथा कान्जिरोवा हिम श्रृंखला, शिवमन्दिर, गोरक्ष रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, बराह मन्दिर, पाण्डेश्वर महादेव मन्दिर, थारु राजा दंगीशरणको दरबारको भग्नावशेष, खैरावाङ भगवती, छत्रेश्वरी भगवती, शिव गुफा, र कमलाक्षि मन्दिर, फलाबाङ दरबार, कुमाख, मालिका गुफा, भकारे दह, भैरवनाथ मन्दिर, स्यार्पु ताल, कमल दह, पुथा हिमाल, ढोरपाटन, डिग्रे मन्दिर, देउराली गुफा, से-गुम्बा, पचाल झरना, हुम्लाको नेप्का गाउँ, तिला कर्णालीको किनारमा बाह्र महिना तातोपानी बगिरहने धारा, सिंजा, छायाँनाथ मन्दिर जस्ता थुपै्र ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु पश्चिम नेपालमा रहेको समेत सो छलफलमा जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.