श्रीमती कुटेको आरोप मिडफिल्डर मूसा पक्राउ

श्रीमती कुटेको आरोप मिडफिल्डर मूसा पक्राउ

काठमाडौंः श्रीमती कुटेको आरोपमा नाइजेरियन खेलाडी अहमेद मूसा पक्राउ परेका छन्। लेष्टर सिटीका मिडफिल्डर मूसालाई प्रहरीले पक्राउ गरेको हो। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति सन्डरल्याण्डमाथि २–० को जित निकालेको एक घण्टापछि प्रहरीले लेष्टर सिटीका मिडफिल्डर मूसालाई पक्राउ गरेको हो।

२४ वर्षीय मूसा मंगलबार राति भएको सन्डरल्याण्डविरुद्धको खेलमा लेष्टर सिटीको टोलीमा परेका थिएनन्। श्रीमती जामिलाले आफूलाई श्रीमान् मूसाले कुटेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सन्डरल्याण्डविरुद्धको खेल सकिएपछि प्रहरीको टोली मूसाको निवास पुगेको थियो। पत्नीको उजुरीपछि प्रहरीले नाइजेरियन खेलाडी मूसाको विषयमा छिमेकीसँगसमेत सोधपुछपछि प्रहरीले बुधवार पक्राउ गरेको थियो।

साधारण पोशाकमा आएका दुईजना प्रहरीले बुधवार बिहान १ बजेतिर मूसालाई पक्राउ गरेको र पत्नीलाई कुटेको विषयमा सोधपुछपछि कुनै जरिवाना नलिईँ प्रहरीले छोडिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

लेष्टर सिटीले पनि मूसालाई आन्तरिक कारबाहीका गर्ने कारण त्यस्तो कुनै नदेखिएको जनाएको छ। प्रहरीले नै मूसाको मुद्दा टुंग्याइसकेकाले क्लबले त्यसबारे कुनै प्रक्रिया अघि नबढाउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.