नेमार विश्वकै उत्कृष्ट खेलाडी!

नेमार विश्वकै उत्कृष्ट खेलाडी!

काठमाडौंः ब्राजिलका प्रशिक्षक टिटेले नेमार विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन्। उनले नेमारको पछिल्लो केही महिनाको प्रदर्शनलाई नियाल्दा विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका हुन्।

२५ वर्षीय नेमारले सन् २०१८ मा रुसमा हुने विश्वकप छनौट अन्तर्गतका खेलमा अहिलेसम्म ब्राजिलका लागि ६ गोल गरिसकेका छन्। ब्राजिल नेमारकै उत्कृष्ट प्रदर्शनमा विश्वकप छनौट हुने सवैभन्दा पहिलो टोली बनेको छ।

नेमारले बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्‍याउन पीएसजीविरुद्धको खेलमा चमत्कारिक प्रदर्शन गरेका थिए। पीएसजीविरुद्धको पहिलो लेगमा ४–० गोल अन्तरले पछि परेको बार्सिलोनालाई दोस्रो लेगमा ६–१ को जित दिलाउँदै क्वाटरफाएनल पुर्‍याउँदा नेमारले दुई गोल गरेका थिए भने गोलका लागि राम्रा अवसरसमेत जुराइदिएका थिए।

‘पछिल्लाे चार महिनाको खेललाई हेर्ने हो नेमार नै उत्कृष्ट छ,’साओ पाउलोको एक रेडियोसँगको कुराकानीमा ब्राजिलका प्रशिक्षक टिटेले भनेका छन्। बार्सिलोनाले विश्वकप छनौटका आठवटै खेल जितेको छ। विश्वकप छनौटको पछिल्लो खेलमा पाराग्वेलाई ३–० ले हराउँदा नेमारलाई टिटेले कप्तानको जिम्मेवारी दिएका थिए। नेमारले ब्राजिलका लागि ७७ खेलमा ५२ गोल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.