मड्रिड डर्बी: रियलले जित्ला कि एथ्लेटिको मड्रिडले?
काठमाडाैं: ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिड र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ।
मड्रिड डर्बीको खेल नेपाली सयम अनुसार शनिबार राति ८ बजे रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा हुनेछ। उपाधिको होडमा रहेको रियल मड्रिडका लागि डर्बीमा जित आवश्यक छ। त्यसैले पनि रियल मड्रिड घरेलु मैदानमा जितकाे खाेजीमा हुनेछ भने एथ्लेटिकाे मड्रिड रियललार्इ हराउँदै तेस्राे स्थान थप मजबुत बनाउने धुनमा हुनेछ।
लिगको शीर्ष स्थानमा रहेको रियललाई चिरप्रतिद्वन्द्वी बार्सिलोनाले पछ्याइरहेको छ। मड्रिड डर्बीमा जित निकाल्न सके रियल मड्रिडको उपाधि होड थप बलियो हुनेछ। खेलमा बराबरी वा पराजय भोगेको खण्डमा उपाधि होड खुल्ला हुनेछ।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २९ खेलबाट ७१ अंक छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३० खेलबाट ६९ अंक छ भने तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ३० खेलबाट ६१ अंक छ।