बार्सिलोनालाई हराएपछि इस्कोले दिए मालागालाई बधार्इ

बार्सिलोनालाई हराएपछि इस्कोले दिए मालागालाई बधार्इ

काठमाडौंः ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोना मालागासँग पराजित भएपछि रियल मड्रिडका मिडफिल्डर इस्कोले आफ्नो पूर्व क्लबलाई बधाई दिएका छन्।

गएराति भएको खेलमा मालागाले उपाधि होडमा रहेको बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको थियो। मड्रिड डर्बीमा रियल मड्रिड बराबरीमा रोकिएपछिको खेलमा बार्सिलोनालाई मालागाले हराएको हो।

मालागाले बार्सिलोनालाई हराएपछि इस्कोले खुशी व्यक्त गर्दै ‘कस्तो राम्रो गोल, बधाई छ, मालागा’ भन्दै बधार्इ दिएका छन्। एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको रियल मड्रिड बार्सिलोना पराजित भएसँगै तीन अंकको अग्रता कायम राख्न सफल भएको छ। रियल मड्रिडले बार्सिलोनाभन्दा अझै एक खेल कम खेलेको छ।

बार्सिलोना पराजित भएसँगै रियल मड्रिड लिगको शीर्ष स्थानमै रहन सफल भएपछि इस्को खुशी हुँदै मालागालाई बधार्इ दिएको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.