म्यानचेस्टर युनाइटेडद्वारा सन्डरल्याण्ड पराजित
काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्याण्डलाई पराजित गरेको छ। आइतबार साँझ भएको खेलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्याण्डलाई उसकै घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो।
खेलको ३० औं मिनेटमा युनाइटेडका लागि जाल्टन इब्राहिमोविचले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
खेलको ४६ औं मिनेटमा हेनरिकले गोल गर्दै म्यानचेस्टर युनाइटेडको अग्रता दोब्बर पारे। यस्तै खेलको ८९ औं मिनेटमा जाल्टनको सन्दुर पासमा मार्कस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेड सन्डरल्याण्डमाथि ३–० को जित निकाल्न सफल भयो।
जितसँगै म्यानचेस्टर युनाइटेड ३० खेलबाट ५७ अंकका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको चेल्सीको भने ३१ खेलबाट ७५ अंक छ।