बार्सिलोना युभेन्टससँग स्तब्ध

काठमाडौः च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ। मंगलबार विहान भएको च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्सले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
खेलको ७ औं मिनेटमै पाउलो डायबालाले गोल गर्दै घरेलु टोली युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा डायबालाले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले पहिलो हाफमै २-० को अग्रता लिएको थियो। खेलको ५५ औं मिनेटमा डिफेन्डर जिर्जियो चेलिनीले गोल गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाएका थिए।
बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि युभेन्टस बार्सिलोनामाथि ३-० को सहज जित निकाल्न सफल भयो। बार्सिलोना र युभेन्टसबीच क्वाटरफाइनलको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुने छ।
प्रतिक्रिया दिनुहोस !
