ग्रिजम्यानको गोलमा एथ्लेटिको मड्रिडद्वारा लेष्टर सिटी पराजित

काठमाडौः च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लेष्टर सिटीलाई पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत एन्टोनी ग्रिजम्यानले गरेको गोल नै निर्णायक बनेको हो।
खेलको २७ औं मिनेटमा लेष्टर सिटीका अलब्रिङटनले डि एरियाभित्र एथ्लेटिकोका खेलाडी ग्रिजम्यानलाई लडाएपछि एथ्लेटिकोले पेनाल्टी पाएको थियो। अब एथ्लेटिको मड्रिडले दोस्रो लेगको खेल लेष्टर सिटीको घरेलु मैदानमा खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !
