रोनाल्डो च्याम्पियन्स लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

रोनाल्डो च्याम्पियन्स लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

काठमाडौः रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा अर्को कीर्तिमानी बनाएका छन्। गएराति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब वार्यन म्युनिखविरुद्ध एक सुन्यले पछि परेको स्थितिमा रियल मड्रिडका लागि दुई गोल गरेका रोनाल्डोले नयाँ कीर्तिमानी बनाएका हुन्।

वार्यन म्युनिखविरुद्ध दुई गोल गर्दै पहिलो लेगमा रियल मड्रिडलाई २-१ गोल अन्तरको जित त दिलाए नै, त्योसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा १०० औं गोल पूरा गर्न सफल पनि भए। रोनाल्डो योसँगै च्याम्पियन्स लिग फुटबलमा १०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।

 

१०० गोल पुरा गर्ने क्रममा रोनाल्डोले वार्यन म्युनिखविरुद्ध खेलको ४७ औं र ७७ औं मिनेटमा गोल गरेका हुन्। रोनाल्डो रियल मड्रिडबाट वार्यन म्युनिखविरुद्ध सवैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। उनले जर्मन क्लब वार्यन म्युनिखविरुद्धको च्याम्पियन्स लिग फुटबलमा भएका अहिलेसम्मका भेटमा रोनाल्डोले १० गोल गरेका छन्।

च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रोनाल्डोले यो सिजनको च्याम्पियन्स लिगमा भने चार गोलमात्रै गरेका छन्। अघिल्लो सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका रोनाल्डोले समूह चरणको खेलमै १७ गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.