यसरी हरायाे रियल मड्रिडले वार्यन म्युनिखलार्इ (भिडियोसहित)

काठमाडौंः क्रिष्टियानो रोनाल्डोले १०० औं गोल पुरा गरेको खेलमा रियल मड्रिडले वार्यन म्युनिखलाई पराजित गरेको छ। गएराति जर्मनीमा भएको खेलमा एक सुन्यले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले घरेलु टोली वार्यन म्युनिखलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको २५ औं मिनेटमा अटुरो भिडालले गोल गर्दै वार्यन म्युनिखलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ४७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। ६१ औं मिनेटमा मार्टिनेज दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको वार्यन म्युनिखलाई रियल मड्रिडले दबाबमा राख्यो।
खेलको ७७ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड वार्यन म्युनिखलाई उसकै घरेलु मैदानमा २-१ ले स्तब्ध पार्न सफल भयो। उक्त खेलमा दुई गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा १०० औं गोल पनि पुरा गरे।
हेर्नुस् खेलको हाइलाइट्स:
प्रतिक्रिया दिनुहोस !
