रूपन्देही च्यालेन्जर्स शीर्ष स्थानमा 

रूपन्देही च्यालेन्जर्स शीर्ष स्थानमा 

धनगढीः धनगढीमा जारी धनगढी प्रिमियर लिगअन्तर्गत पाँचौं दिनको खेलमा रूपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरिया विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा रूपन्देहीले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । शुक्रबारै भएको दोस्रो खेलमा धनगढी टिम चौराहलाई ४० रनले हराउँदै अत्तरिया अंकतालिकामा दुई स्थानमाथि उक्लिएको हो ।

लगातार तीन जित हासिल गरेको रूपन्देही च्यालेन्जर्स अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । हारपछि गोल्डेन्स चार खेलमा दुई जित र दुईमा बेहोर्दै दोस्रो स्थानमा छ । त्यस्तै दोस्रो जित हात पार्दै अत्तरिया अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दुई हार दुई जितपछि समान चार अंक भए पनि रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा रहँदा अत्तरिया तेस्रो भएको हो । लगातार तीन खेल गुमाएको धनगढी टिम चौराह अंकविहीन छ ।

चार अंक रहेको विराटनगर किंग्स रनरेट कम भएका कारण चौथो स्थानमा रहेको छ भने एक खेल जितेर दुई अंक रहेको कञ्चनपुर आइकोनिक अंकतालिकाको पाँचौं स्थानमा छ । शुक्रबार भएको पहिलो खेलमा सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिङ रोजेको रूपन्देहीले निर्धारित २० ओभरमा नौ विकेटको नोक्सानीमा एक सय ३५ रन बनायो ।

उसका लागि नूरधोज सेनले सर्वाधिक २२ बलमा ३७ रन तथा पुष्प थापाले ३६ रन बनाए । रूपन्देहीका लागि शंकर रानाले १६ रन, प्रकाश केसीले १२ रन र विक्रम सोबले १० रन बनाए । काठमाडौं गोल्डेन्सका सोमपाल कामीले चार विकेट लिए । यस्तै मञ्जित श्रेष्ठ, वसन्त रेग्मी र सन्तोष भट्टले एकएक विकेट लिए ।

एक सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोल्डेन्सले २० ओभर नौ . विकेटको नोक्सानीमा एक सय २० रनमात्रै बनाउन सकेपछि १५ रनको हार बेहोर्‍यो । गोल्डेन्सका ब्याट्सम्यान सुमित महर्जनले सर्वाधिक २७ बनाए । रूपन्देहीका शक्ति गौचनले तीन, विक्रम सोब र कृष्ण कार्कीले दुईदुई विकेट लिए । खेलको म्यान अफ दी म्याच रूपन्देहीका पुष्प थापाले नगद १० हजार हात पारे ।

 

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै अत्तरियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४२ रन बनायो । अत्तरियाका लागि रोन नेपालीले सर्वाधिक ३२, योगेन्द्र कार्कीले २७, प्रदीप ऐरीले २६ र करन केसीले २५ रन बनाए । चौराहका लागि सौरव खनालले २ विकेट तथा आरिफ सेख र सुसन भारीले एकएक विकेट लिए ।

जितका लागि एक सय ४३ रनको लक्ष्य पछ्याएको चौरहाले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय दुई रनमात्रै बनाउन सक्यो । उसका लागि रामनरेश गिरीले ३९ रन बनाए । सौरव खनालले २३ र अनिल मण्डलले १९ रन बनाए । कप्तान पारस खड्कासहित चारजना खेलाडी शून्यमा आउट भए । अत्तरियालाई जिताउनका लागि मेहबुब आलम र सुरेन्द्र चन्दले समान तीन विकेट लिए । यस खेलकोे म्यान अफ दी म्याच अत्तरियाका मेहबुब आलमले नगद १० हजार हात पारे ।

प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किग्स र कञ्चनपुर आइकोनिक तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र धनगढी टिम चौराहबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.