कमल दहको कमल

 कमल दहको कमल

पर्यापर्यटनका हिसाबले अग्रणी जिल्ला रुकुमको सिस्ने गाउँपालिका ५, मा अवस्थित कमल दह सुन्दर छ । यस तालमा फुल्ने कमलको कारण पनि यो दह थप चर्चित छ । चैत्र पहिलो सातादेखि वैशाख अन्तिम सातासम्मको समय पानीमुनि रहेको कमल निकाल्ने उपयुक्त समय मानिन्छ । पौडिएर तालभित्र पसेपछि डुबेर खुट्टाले छामेर कमल पानीभित्र छ भन्ने पक्का गरिन्छ ।

कमल भएको पक्का भएपछि पानीबाहिर आएर लामो सास फेरिसकेपछि फेरि पानीभित्र डुबेर कमल निकालिन्छ । यसरी निकालेको कमललाई तालमाथि नै छोड्दै तीन-चारपटक यो क्रिया दोहोर्‍याइन्छ । यसपछि कमललाई पौडिँदै गएर पानीबाहिरै ल्याइन्छ ।

यसरी निकालेको कमललाई प्रतिकिलो चार सयका दरले बिक्री गर्ने गरिएको कमल दह संरक्षण समितिका अध्यक्ष बलबहादुर शाही बताउँछन् । शाहीका अनुसार, कमल काँचै पनि खान सकिन्छ । यसलाई अचारको रूपमा पनि प्रयोग गरिन्छ । देशका विभिन्न ठाउँ, साथै विदेशमा पनि रुकुकोटको कमल पुग्ने गरेको छ । जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ । साउन महिनाभरि ताल छेउछाउको भाग हरित बनिसक्छ । त्यसपछि कमल फुल्न सुरु गर्छ । फुलसँगै हरियाली भने कात्तिकसम्मै रहन्छ । योबेला ताल घुम्न लायक देखिन्छ ।

त्यसपछि कात्तिक अन्तिम सातातिर कमलको फूलबाट बनेको बीउ-दाना निकालिन्छ । उक्त दानालाई पिसेर पानीमा घोली नियमित सेवन गरेमा जन्डिस रोग निको हुने विश्वास छ । यही विश्वासका कारण कमलको एउटा दाना २० देखि ५० रुपैयाँमा बिक्री हुन्छ । तर, बीउ मासिन्छ भन्ने डरले फूलबाट दाना निकाल्न भने हत्तपत्त दिइँदैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.