चेल्सी म्यानचेस्टर युनाइटेडसँग स्तब्ध, उपाधि होड खुल्ला

काठमाडौंः लिग लिडर चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड खुला भएको छ। ओल्ड ट्राफोडमा गएराति भएको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि उपाधि होड खुल्ला भएको हो।
खेलको सातौं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको म्यानचेस्टर युनाइटेडका लागि खेलको ४९ औं मिनेटमा एन्डर हेरेराले गोल गर्दै अग्रता दोब्बर पारे। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र खेल म्यानचेस्टर युनाइटेडले २–० ले जित्यो।
प्रिमियर लिग फुटबलमा चेल्सी ३२ खेलबाट ७५ अंकका साथ लिगको शीर्ष स्थानमा यथावत छ भने दोस्रो स्थानमा रहेको टोटनहामको ७१ अंक छ। म्यानचेस्टर युनाइटेड भने ३१ खेलबाट ६० अंकका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ।
प्रतिक्रिया दिनुहोस !
