आइपीएल क्रिकेटमा राइजिङ पूणेद्वारा बैंलोर २७ रनले पराजित

काठमाडौंः इण्डियन प्रिमियर लिग क्रिकेटमा राइजिङ पूणे सुपर जाइन्ट्सले रोयल च्यालेञ्जर्स बैंलोरलाई २७ रनले पराजित गरेको छ। पुणेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बैंलोर निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ मात्रै बनाउन सक्यो।
बैंलोरका लागि एडी डिभिलियर्सले २९ तथा कप्तान विराट कोहलीले २८ रन जोडेका थिए। यस्तै, केदार जाधव र स्टुअर्ट बिन्नीले सामान १८ रन जोड्दा सेन वाट्सन १४ रनमा पेभिलियन फर्केका थिए। पूणेका लागि सार्दुल ठाकुर र बेन स्टोक्सले ३–३ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पूणेले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो। पूणेका लागि राहुल त्रिपाठीले ३१, अजिन्क रहाणेले ३० तथा महेन्द्रसिंह धोनीले २८ रन जोडे। यस्तै स्टिभ स्मिथ र मनोज तिवारीले समान २७–२७ रन जोडेका थिए।
बैंलोरका लागि श्रीनाथ अरबिन्द र एडम मिल्नेले समान २–२ विकेट लिए भने सामुयल बद्रि, सेन वाट्सन र पवन नेघीले एक–एक विकेट लिएका थिए। खेलमा पूणेका बेन स्टोक्स म्यान अफ दी म्याच घोषित भए।
प्रतिक्रिया दिनुहोस !
