लक्ष्मी बैंकको अरेन्ज बचत खाता
काठमाडौंः लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई केही नयाँ सुविधासहित वार्षिक सात प्रतिशतको ब्याजदरमा ग्राहकसमक्ष ल्याएको छ । यस बचत खाताका ग्राहकले पाँच लाखको न्यूनतम मौज्दात कायम राखी कुनै थप सेवा शुल्कबिना नै १० लाख रुपैयाँ बराबरको बिमा र अन्य बैंकिङ सुविधामा छुट पाउनेछ । न्यूनतम मौज्दातभन्दा माथि भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम ब्याजदरमा अनफिक्स्ड डिपोजिट खोल्न मिल्ने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।