अब गाडी होइन सडकले हर्न बजाउँछ !

अब गाडी होइन सडकले हर्न बजाउँछ !

एजेन्सी: सायद तपाईले ट्रक बस वा मालबाहक सवारीमा हर्न प्लिज लेखेको त देख्नु भएकै होला। यसको अर्थ पछाडि आइरहेको जुनसुकै सवारीले हर्न बजाएर बाटो पहिल्याउन अनुरोध गर्दछ। नेपालमा भने सरकारले सडकमा हर्न नबजाउन सूचना र सन्देशहरु प्रवाह गरिरहेका छन्। तर २१औ शताब्दीको स्मार्ट युगमा अब गाडीले होइन सडकले नै हर्न बजाउने प्रविधिको विकास भएको छ।

राजमार्गमा सवारी सुरक्षा बढाउनका लागि एपी लुब्रिकेन्ट्स तथा लियो बर्नेट नामक कम्पनीले सडकमै हर्न बज्‍ने सिस्टमको विकास गरेको छ। उक्त सिस्टममा सडकले सवारी सुरक्षाको लागि मद्दत गर्नेछ।

भारतको जम्मू-कश्मिर श्रीनगर जोड्ने राजमार्गमा एनएच-1मा यसको परीक्षण गरिसकिएको छ। यो राजमार्गमा सबैभन्दा खतरनाक सडकहरु रहेका छन्। सडको घुम्ती मोडहरुमा स्मार्टलाइफ पोल्स लगाउने बताइएको छ। साथै पोल ताररहीत एकअर्कामा कनेक्शन रहनेछन्। जब ट्राफिक यता-उता गर्नेछन्, पोल्सबाट आफै हर्न बच्‍नेछ।

यसले गाडीको गतिलाई मध्‍य नजर गर्दै हर्न बजाउनेछ। स्थानीय प्रहरीका अनुसार यो प्रणाली लागू भएपछि सडकमा दुर्घटनामा न्यूनीकरण आउने विश्‍वास व्यक्त गरिएको छ। कम्पनीले यसलाई चाडैं नै पूर्णकालिन रुपमा अरु ठाउँमा पनि लागू गर्ने योजना बनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.