जन्मभूमि र माटोलाई सम्झें अनि चुनावमा भाग लिने निर्णय लिएँ: यादव

जन्मभूमि र माटोलाई सम्झें अनि चुनावमा भाग लिने निर्णय लिएँ: यादव

काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशभरि नै व्यापक उत्साहप्रद माहोल देखिएकोले निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गर्नु भएको छ।

यादवले मुलुकलाई निकास दिन पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताउनु भयो। उहाँले भन्नुभयो,‘निर्वाचनमा नजाँदा किन नगएको? भन्छन्– अनि निर्वाचनमा भाग लिँदा किन सहभागिता जनाइस् भन्छन्? यो कस्तो प्रश्न होला, बडो विचित्र छ।’ आफ्नो पार्टीले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिइरहेको अवस्थामा एक्कासी यु–टर्न लिएको भनेर बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै यादवले भन्नुभयो,‘मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ, निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ।’

यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि अपर्झट यस्तो निर्णय लिएको दाबी गर्नु भयो। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले निर्वाचनमा भाग लिएपनि आफ्नो पार्टीले कुनै मुद्दा नछोडेको समेत दाबी गर्नु भयो। यादवले चुनावलाई पनि आफूहरुले संघर्षको रुपमा लिएको स्पष्ट पार्नु भयो। उहाँले भन्नुभयो,‘निर्वाचनमा भाग लिनु भनेको जनतामा जानु हो, त्यसैले यो पनि एउटा संघर्ष नै हो नि।’

उहाँले आफूहरुले उठाएका मुद्दाहरु संविधान संशोधनमार्फत सम्बोधन गर्ने भनेर नै सरकारले परिमार्जितसहितको संविधान संशोधन विद्येयक सदनमा अघि बढाएकोले पारित हुने विश्वासका साथ आफ्नो पार्टी चुनावमा होमिएको जिकिर गर्नु भयो। उहाँले भन्नुभयो,‘वैशाख ९ गते सत्तारुढ दल र मधेशी मोर्चावीच संशोधन प्रस्ताव अघि बढाउने भन्नेबारेमा विषयवस्तुमा नै सहमति भएको हो, सहमति अनुसार नै हामीले एक महिनाको लागि घोषित आन्दोलनहरु स्थगित गर्‍याैं।’ उनले सरकारले सहमति अनुसार नै १७ गते नै संशोधन प्रस्ताव पारित गराउने प्रयास गरेको भएपनि त्यही दिन १० जना सांसद गायब भएकाले पारित हुन नसकेको समेत स्पष्ट पार्नु भयो।

उहाँले अब जेठ ४ गतेको लागि संसद बैठक बोलाइएकाले सकेसम्म त्यही दिन नभए त्यही आसपासमा संशोधन प्रस्ताव पारित हुने समेत विश्वास व्यक्त गर्नुभयो। यादवले संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गर्नु भयो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.