सहमतीय सरकारबारे छलफल गर्न सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिस्कार

सहमतीय सरकारबारे छलफल गर्न सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिस्कार

काठमाडौं : व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ । सहमती नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा सकिन २ दिन बाँकी रहँदा सहमतीय सरकार गठनको विषयमा छलफल गर्न भनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलीय बैठक बहिस्कार गरेको छ । एमालेका कुनै पनि नेता बैठकमा उपस्थित भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि भावी प्रधामन्त्रीका रुपमा देखापर्नु भएका देउवाले दलहरुलाई लिखित पत्र नै पठाएर सहमतीय सरकार गठनको छलफलका लागि उपस्थित हुन आह्वान गर्नु भएको थियो ।

बैठकमा एमाले बाहेका सबैजसो दलका शीर्ष नेता उपस्थित भएका छन् । के कारण एमालेले बैठक बहिस्कार गरेका यकीन नभएपनि देउवाको नेतृत्वमा सरकार बनाउने कुरामा एमालेको असहमति रहेकोले बैठक बहिस्कार गरेका हुनसक्ने अनुमान गरिएको छ ।

गत बुधबार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि बिहीबार राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि एक साताको समय दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.