काठमाडौंको सिडिओमा गृह प्रवक्ता बालकृष्ण पन्थी

काठमाडौंको सिडिओमा गृह प्रवक्ता बालकृष्ण पन्थी

काठमाडौं : गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी काठमाडौं प्रमुख जिल्ला अधिकारी (सिडियो)मा सरुवा हुनु भएको छ । गृह मन्त्रालयले काठमाडौं सिडिओको रिक्त पदमा पन्थीलाई सरुवा गरेको हो ।

यसअघि जेठ १० गते काठमाडौंको सिडिओबाट हिमनाथ दवाडीले अवकाश पाएपछि त्यहाँ उक्त पद खाली थियो । पन्थी गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखाको प्रमुख समेत हुनुहुन्थ्यो । काभ्रेको सिडिओ भएका बेला उहाँलाई गृह मन्त्रालयमा सरुवा भएर महत्वपुर्ण जिम्मेवारी दिइएको थियो ।

सहसचिव पन्थी सिडिओ हुन लागेको यो ११ औं पटक हो । यसअघि उहाँले डोल्पा, बझाङ, पर्वत, सल्यान, पाल्पा, सिराहा, नवलपरासी, रुपन्देही, बारा र काभ्रे पलान्चोकको सिडिओ भइसक्नु भएको छ । पन्थी सरुवा भएपछि सुरक्षा समन्वय महाशाखाको प्रमुखमा ललितपुरका सिडिओ दीपक काफ्ले सरुवा हुनु भएको छ ।

गृह मन्त्रालयले करिब एक दर्जन सहसचिव र उपसचिवको सरुवा गरेको हो । सेवा अवकाश, निमित्तको समय अवधी पुरा भएको लगायतका कारण पछिल्लो सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

‘निर्णय पहिला नै भइ सकेको थियो । पत्र मात्र भर्खरै पाएको हुँ । अब आइतबारदेखी जिम्मेवारी सम्हाल्छु’, पन्थीले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.