प्रचारमा मात्रै सीमित महिला

प्रचारमा मात्रै सीमित महिला

बुटवल : तीन मुख्य राजनीतिक दलले रूपन्देहीका कुनै पनि तहमा महिलालाई प्रमुख पदमा नउठाउने भएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा महिला समावेश छैनन् । कानुनतः आरक्षण रहेको उपप्रमुखमा मात्रै महिला उम्मेदवार सीमित बनेका छन् । रूपन्देहीका ६ वटा नगरमा तीनै दलबाट पुरुष उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले बुटवल उपमहानगरपालिकामा टुंगो नलगाए पनि तीनजना पुरुषकै नाम सिफारिस गरेको छ ।माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले पुरुष नेताहरू वरिष्ठ र पुराना भएकाले प्रमुख पदमा आएको बताउनुभयो ।

'महिलालाई पनि प्रमुख बनाउने लक्ष्य त हो तर अलि अनुभवीमा पुरुष मात्रै पर्नुभयो', उहाँले भन्नुभयो ।राजनीतिक दलले वडा अध्यक्षमा समेत निकै कम महिलालाई उठाउने तयारी गरेका छन् । रूपन्देहीमा १६ स्थानीय तह छन् । एक उपमहानगर, पाँच नगर र १० गाउँपालिकामा पुरुष मात्रै प्रमुख पदका उम्मेदवार तोएिको छ ।

एमाले रूपन्देहीकी महिला विभाग प्रमुख विमला पन्थीले राजनीतिक दलका नेतामा पितृसत्तात्मक सोच अझै नहटेको बताउनुभयो । 'हामीले निकै जोड गर्‍यौं तर नेताहरूले पन्छाए', उहाँले भन्नुभयो, 'संविधानमा लेखिएका पदबाहेक अन्य पद महिलाले पाउन सकेनन् ।'

एमालेले बुटवल उपमहानगरपालिकाको १९ वटा वडाको अध्यक्षमा कुनै पनि महिलालाई टिकट दिएको छैन । जिल्लाभरमै ६ वटा वडाध्यक्षमा महिला उम्मेदवार बन्ने सम्भावना कम रहेको छ ।कांग्रेसले बुटवलको वडा नम्बर ११ मा मात्रै सावित्रा टन्डनलाई वडाध्यक्षको उम्मेदवार तोकेको छ । कांग्रेसकी जिल्ला सदस्य माया गौतमले स्वार्थपूर्ण राजनीति भएकाले इमान्दार स्वभावका महिलालाई प्रमुख पदमा उम्मेदवार नबनाइएको बताउनुभयो ।

'महिलाको आर्थिक पहुँच पनि कम छ, टिकट बाँड्दा पनि स्वार्थको आधारमा बाँडिन्छ, महिलाबाट त्यो पूर्ति नभएपछि छनोटमा राखिँदैन', उहाँले भन्नुभयो । वडाध्यक्षमा सिफारिस भएका महिलालाई सदस्यमा राख्ने काम राजनीतिक दलहरूले गरेको उहाँले बताउनुभयो ।

घोषणापत्रमा महिला नेतृत्वमा जोड दिने प्रतिबद्धता देखाए पनि राजनीतिक दलले व्यवहारमा त्यो कार्यान्वयन गरेका छैनन् । चुनावी प्रचारमा भने पुरुषभन्दा महिलाको सहभागिता बढी छ । घरदैलो अभियानमा पुरुष उम्मेदवारलाई जिताउनकै लागि महिलाहरू घरघरमा हिँड्ने गरेका छन् ।

'महिलाबाट प्रचार मात्रै गराउने काम भएको छ', एमाले महिला विभाग प्रमुख पन्थीले भन्नुभयो, 'राजनीतिक दलहरू व्यवहारमा सच्चिन सकेनन् ।' चुनावी प्रचारमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषको सहभागिता हुने गरेको उहाँले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.