अस्पतालमा सुत्केरी र बच्चाको मृत्युपछि जिल्ला प्रशासनमा उजुरी

पोखरा : सुत्केरी महिला र नवजात शिशुको मणिपाल अस्पतालमा मृत्यु भएपछि आफन्तले छानबिन माग गर्दै प्रशासन गुहारेका छन्। पोखरा-९ नयाँबजार बस्ने ४२ वर्षीया शान्ता भण्डारी र उनको बच्चाको बुधबार बिहान मृत्यु भएको थियो।
‘आमा र बच्चा दुवैको मृत्यु भएपछि शंका गर्ने ठाउँ भयो’, आफन्त कृष्ण लम्सालले भने, ‘त्यसैले छानबिनका लागि जिल्ला प्रशासनमा उजुरी गरेका छौं।’ अस्पतालको लापरबाहीका कारण आमा र बच्चाको ज्यान गएको उनीहरुको आरोप छ।
लम्साललेअस्पताल ल्याउँदासम्म र त्यसअघि आमा र बच्चामा समस्या नरहेको बताए। भण्डारी मंगलबार राति सामान्य तवरले नै सुत्केरी भएकी थिइन्। बच्चा जन्माउन उनको शल्यक्रिया गर्नुपरेको थिएन। नवजात शिशुको जन्मिएको २ घन्टापछि मृत्युभएको थियो। सुत्केरी भइसकेपछि पनि आमा र बच्चा स्वस्थ छन् भनेकोमा पछि एक्कासि मृत्यु भएको हुँदा आफन्तले त्यसमा अस्पतालको लापरवाही कारण हुन सक्ने आशंका गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
