भक्तपुरमा लायन्स क्लवको आँखा उपचार केन्द्र

भक्तपुरमा लायन्स क्लवको आँखा उपचार केन्द्र

भक्तपुर : आँखा उपचारमा ख्याति कमाउँदै आएको लायन्स क्लवले भक्तपुरमा पनि आँखा उपचार केन्द्र विस्तार गरेको छ । सर्वसाधारणको आँखा उपचारसँगै मोतियाबिन्दु अप्रेसनमा अग्रणी लायन्स क्लवले भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा लायन्स आँखा तथा डाइबिटिज उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

लायन्स क्लव इन्टरनेसनल ३२५ ए २ डिस्ट्रिक्टका गभर्नर कृष्णप्रसाद अवालले बुधबार एक कार्यक्रमबीच उक्त केन्द्रको उद्घाटन गर्दै केन्द्रमा मोतियाबिन्दुको अप्रेसनसम्मको सेवा दिने उद्देश्य रहेको जानकारी दिनुभयो । लायन्स क्लव स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा देशभर भइरहेको लायन्स सप्ताहको अन्तिम दिन बुधबार उक्त केन्द्र उद्घाटन गरिएको छ ।

केन्द्रमा विशेषज्ञ चिकित्सकहरुबाट आँखा उपचारसँगै मधुमेह (डाइबिटिज) को परामर्श कक्षको व्यवस्था गरिएको छ । लायन्स क्लवको आँचा उपचार सेवालाई देशभर विस्तार गर्ने क्रममा भक्तपुरमा उक्त आँखा केन्द्र सञ्चालनमा ल्याइएको गभर्नर अवालको भनाइ थियो ।

उहाँले लायन्स सप्ताहअन्तर्गत नै काठमाडौंको कुलेश्वरमा लायन्स स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइसकेको जानकारी दिनुभयो । ‘लायन्स सप्ताहअन्तर्गत देशभर निःशुल्क स्वास्थ्य शिविर भएका छन्’, उहाँले भन्नुभयो, ‘त्यस्तै रक्तदान गरिएको छ । वृक्षरोपण गरिएको छ । विभिन्न विद्यालयमा छात्रा लक्षित शौचालय निर्माण गरिएको छ ।’

गर्भनर अवालले लायन्स क्लवले भूकम्पले भत्किएका सात वटा सरकारी विद्यालय पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ आर्थिक सहयोग गरिएकोसमेत जानकारी दिनुभयो ।

‘भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणको लागि यस वर्ष थप ४५ करोड रुपैयाँ नेपालस्थित लायन्स क्लवहरुलाई प्राप्त हुने भएको छ’, गभर्नर अवालले भन्नुभयो, ‘यसै वर्षदेखि करिब १० लाख रुपैयाँको पेब्याक छात्रवृत्ति कोष स्थापना गरेका छौं ।’

उक्त कोषमार्फत छात्रवृत्ति पाउन देशभरका लायन्स क्लवहरुको सिफारिस गर्न सकिने व्यवस्था गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा डा. इवामुरा मेमोरियल अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुभक्त मारिखूले अस्पतालमा उपचार गर्न आउने लायन्स क्लवका सदस्यहरुलाई छुटको व्यवस्था गरिएको घोषणा गर्नुभयो ।

लायन्स क्लव अफ भक्तपुर सूर्यविनायकका अध्यक्षसमेत रहनुभएका मारिखूले अस्पतालमा भर्नासहितको उपचारमा १५ प्रतिशत, स्वास्थ्य जाँच एवं परीक्षणमा १० प्रतिशत र अप्रेसनमा पाँच प्रतिशत छुट दिइने घोषणा गर्नुभएको हो । उक्त सेवा लिनको लागि लायन्स क्लवले उपलब्ध गराउने परिचयपत्र अनिवार्य बोकेर आउन उहाँले आग्रह गर्नुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.