भोज खाँदा सबै गाउँले बिरामी, उपचार गर्न बेड अभाव

भोज खाँदा सबै  गाउँले बिरामी, उपचार गर्न बेड अभाव

दमक :  छिमेकीको घरपैँचोमा भोज खान गएका झापा शिवसताक्षीका सबै गाउलेहरु भोजका कारण बिरामी परेका छन् । भोज खाए पछि गाउका सबै जना बिरामी भएर अस्पताल भर्ना गर्ने क्रम बढेको छ ।

भोजका कारण गाउँका ४० जना भन्दा बढी बिरामी परिसकेका छन् । शिवसताक्षी नगरपालिका- १० माइधारका नेत्र दाहालको घरमा घर पैचोको खान गएका उनीहरु बिरामी परेका हुन् । मंगलबार दिउँसो देखिरातीसम्म भोज खुवाउने कार्यक्रम चलेको थियो । भोज खाएका उनीहरु बुधबार बिहानदेखि धमाधम बिरामी पर्न थालेका हुन् ।

बिरामी थपिने क्रम जारी रहेको आम्दा अस्पतालका सुपरिटेण्डेट नबिन ढकालले जानकारी दिनुभयो । सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोज खाएर बिरामी परेका स्थानीय सञ्जय लिम्बुले भोजमा मासु, पुलाउ, काँक्रा लगायतका खानेकुरा खाएको बताउनुभयो । उहाले भोज खाएर सुतेपछि रातीदेखि नै पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएको बताउनुभयो ।

अस्पतालमा उपचाररत घर धनी दाहालले सामान्य अवस्थामा भोज सम्पन्न भए पनि राती देखिनै बिरामी परेको बताउनुभयो । नयाँ घर बनाएर सर्दा छिमेकीहरुसँग खुशीयाली साटासाट गर्दा यस्तो भएको उहाँले बताउनुभयो । भोज खाएर बिरामी पर्नेहरुमा कतिपय बालबालिका र बृद्धबृद्धा समेत छन् । स्थानीय काजीमान लावतीका अनुसार बिरामी पर्नेहरुमा घर धनी दाहाल, उहाँकी श्रीमती बुद्धिमाया राई (दाहाल), सासु सोममाया राईसहित स्थानीय पूर्णकुमार लिम्बु, कवितमाया लावती, सञ्जय लिम्बु, आकृति लिम्बु, तिलक कुँवर, आशबहादुर लिम्बु लगायत बिरामी पर्नुभएको छ ।

बिरामी सबैको प्रारम्भीक स्वास्थ्य जाँच भइरहेकाले उनीहरुको स्वास्थ्यमा परेको असरका बारेमा विस्तृत विवरण रिपोर्ट पछि मात्रै थाहा हुने उपचारमा संलग्न आम्दा अस्पतालका चिकित्सक चन्द्र शाहल बताउनुभयो । फुडपोइजन भएको हुनसक्ने बताइएको छ ।

बुधबार साँझ एकैसाथ ठूलो संख्यामा अस्पतालको आकस्मिक कक्षमा बिरामीको भिड लागे पछि बेडको अभाव भएको छ । भोज खाएर बिरामी परेकालाई उपचारका लागि राख्ने बेडको समेत अभाव हुँदा कतिपयलाई वेइटिङ बेन्च, कुर्सी र भुइँमै राखेर पनि औषधी उपचारको प्रकृया अघि बढाइएको ढकालले जानकारी दिनुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.