धारिलो हतियार प्रयोग गरि बालिकाको हत्या

धारिलो हतियार प्रयोग गरि बालिकाको हत्या

दमक :  झापाको दमकमा एक बालिकाको धारिलो हतियार प्रयोग गरि बिभत्स हत्या भएको छ । दमक-२ मा घर भएकी ९ बर्षीया गंगा दाहालको धारिलो हतियार प्रयोग गरि हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख राजन लिम्बुले जानकारी दिनुभयो ।

बिद्यालयबाट घर फर्किएकी गंगाको आफ्नै घरको माथिल्लो तलाको कोठामा हत्या भएको हो । उनको शव टाउको, छाती र कुम माथिको भागमा धारिलो हतियारले प्रहार गरीएको अवस्थामा भेटिएको हो । बुधबार करिब ५ बजे पछि उनकी आमाले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

कक्षा-२ मा अध्ययनरत गंगा बिद्यालयबाट आएर पेट दुख्यो भन्दै आराम गर्न माथिको कोठामा गएको बेला यस्तो घटना भएको उनकी दिदीले बताइन् । घटना हुदा दिदि घर छेउको कलमा रहेको र आमा बाहिर भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतककी दिदि सहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका चारै जना माथी अनुषन्धान भइरहेको प्रहरी उपरिक्षक लिम्बुले बताउनुभयो । घटनाको बिस्तृत अनुषन्धान पछि मात्र हत्यारा पत्ता लाग्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.