रुकुममा हेड नेटवर्क गठन
मुसीकोट : जिल्ला स्तरमा सार्वजनिक सेवा प्रवाहको प्रभावकारी कार्यन्वयन र निगरानीका लागी जिल्लामा क्रियाशिल गैरससरकारी संस्थाहरुको नेटवर्क हेट नेटवर्क गठन गरिएको छ।
जिल्लामा स्वास्थ्य, शिक्षा, कृषि र विपत व्यवस्थापनको क्षेत्रमा क्रियाशील रही काम गरिरहेका करिव १५ वटा गैरसरकारी संस्थाहरु अवद्ध रहेको यस नेटवर्कले जिल्लामा सामाजिक जवाफदेहिता र सेवा प्रवाहलाई प्रभावकरी बनाएर अगाडी बढाउन सहजीकरणको भूमिका निर्वाह गर्ने हरप्लेस रुकुममका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताउनुभयो ।
नयाँ संविधानको परिकल्पना हनुसार देश संघीय संरचनामा गैसकेको र स्थनीय तहमा जनप्रतिनिधिहरु समेत निर्वाचित भएर आइसकेको वर्तमाण अवस्थामा गैरसरकारी संस्थाहरुले के कसरी काम गर्दा प्रभावकारीता देखिन्छ र स्थानीय सरकारलाई सहयोग पुग्छ भन्ने बिषयमा यस नेटवर्कले हरेक महिना बैठक बसी छलफल गर्नेछ ।
उक्त छलफलबाट आएका बिषयवस्तुलाई गैरसरकारी संस्था महासंघमार्फत समाधान गर्न अगाडि बढ्न यस्तो नेटकर्वको आवश्यकता परेको रुकुमेली समाज विकास केन्द्र रुकुमका कार्यकारी निर्देशक भीम केसीले बताउनुभयो । ‘हामी शुसासन र समाजिक जवाफदेहिताका लागी र गैससका विभिन्न परियोजनाहरुको प्रभावकारी कार्यन्वयनका लागी यस नेटवर्कले काम गर्नेछ ।' केसीले भन्नुभयो, ‘हामी हरेक महिना वैठक बसी विभिन्न बिषयमा छलफल गरेर अगाडी बढ्ने छौ।'
मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रुकुमको सहजिकरणमा सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी हेड नेटवर्क गठन गरिएको हो । हरेक महिना घुम्ती बैठक गरेर आफ्ना गतिविधिहरुलाई अगाडी बढाउने योजनामा रहेको यस नेटवर्कको आगामी बैठक एक महिनापछि रुकुमेली समाज विकास केन्द्रले आयोजना गर्ने कार्यकारी निर्देशक केसीले बताउनुभएको छ ।