माडी खोलामा डुबेर मृत्यु

प्यूठान : प्यूठानको भिंगृ जलुके नजिकै माडी खोलामा डुबेर एक जनाको ज्यान गएको छ । स्वर्गद्धारी नगरपालिका–७ प्यूठानका ५९ वर्षीय टोपाराम जिएमको सव बिहिवार खोलामा भेटिएको प्रहरीले जनाएको छ ।
बुधवार खोलामा माछा मार्न निस्किएका जिएम साँझसम्म घर नफर्केपछि परिवारले खोजतलास गरेका थिए । खोजतलासका क्रममा खोला नजिकै सव फेला परेको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी सहायक निरिक्षक श्याम मल्लले जानकारी गराउनुभयो । मृतकको सवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
