मेघामा प्रभावकारी उपचार नपाएपछि ट्रमा पुगेका शिव हिड्न सक्ने भए

काठमाडौं: ललितपुरस्थित मेघा अस्पतालमा प्रभावकारी उपचार हुन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका दाङका शिव चौधरीको शल्यक्रिया सफल भएको छ। शल्यक्रियासँगै उहाँको स्वास्थ्यमा समेत उल्लेखनीय प्रगति भएको छ। उहाँको छिट्टै 'डिस्चार्ज' गर्ने तयारी केन्द्रले गरेको छ।
गत वैशाख २ गते राँगाले हानेर घाइते भएका चौधरीलाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेज हुँदै काठमाडौंको सिभिल अस्पताल ल्याइएको थियो। त्यहाँबाट ट्रमा सेन्टर रिफर गरिएपनि एम्बुलेन्स ड्राइभरले चौधरीलाई ललितपुर मेघा अस्पताल पुर्याएका थिए। मेघामा उपचार थालेको ४१ दिन सम्म स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई उहाँका छोरा ऋिषिले ट्रमा सेन्टर पुर्याएका थिए।
गत साता शल्यक्रिया गरेका चौधरीलाई हाल निगरानीमा राखेको उहाँका उपचारमा संलग्न स्पाइन सर्जन डा. गौरवराज ढकालले बताउनुभयो। शिवको मेघामा करीब तीन लाख रुपैयाँ सकिदा पनि प्रभावकारी उपचार हुन नसकेको छोरा ऋीसीले बताउदै आएका छन्।
पैसा रित्तिएको अवस्थामा ट्रमा पुगेका शिवको सम्पूर्ण उपचार निःशुल्क गरेको र शल्यक्रियाका लागि आवश्यक ५० हजार बरारबरको 'इम्प्लान्ट' सिन्धु सर्जिकल कर्न्सनले दान गरेको छ। डा.ढकाल, स्पाइन युनिटका प्रमुख एवं राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति डा.गणेश गुरुङ, सेन्टरका प्रमुख डा. प्रमोद उपाध्यय लगायतको पहलमा शिवको उपचार तथा शल्यक्रिया निःशुल्क भएको हो।
शल्यक्रियापछि शिव उभिन र हल्का हिड्न थाल्नु भएको छ भने उहाँको हात पनि चल्न थालेको छ। 'मैले बाँच्चु भन्ने ठानेको थिएन तर बचाउनुभयो डाक्टरले।उहाँहरु धन्य हुनुहुन्छ,' शिवले हाँस्दै बिहिबार अन्नपूर्णसँग भने, 'अब तंग्रिन समय लाग्ल।'
छोरा ऋषिले आफुलाई ट्रमा सेन्टर आएपछि ठूलो राहत मिलेको बताउनुभयो। शिवको मेरुदण्डको माथिल्लो भाग गर्दनको हड्डी भाँचिएको थियो भने हातमा पनि चोट लागेको थियो।
यो पनि पढ्नुस्..
यसरी लुट्यो मेघा अस्पतालले बिरामीको सर्वश्व(भिडियो सहित )
बिरामी लुट्ने अस्पतालमाथि छानबिन सुरु, ट्रमा लगेपछि फेरिए बिरामी (भिडियो सहित)
प्रतिक्रिया दिनुहोस !
