ग्वार्को-कोटेश्वरका बासिन्दा चर्को धुलोको मारमा (फोटोफिचर)

 ग्वार्को-कोटेश्वरका बासिन्दा चर्को धुलोको मारमा (फोटोफिचर)

काठमाडौः मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको चर्को धुलोधुवाँको मार राजधानीबासीले खेप्नु परिरहेको छ। उपत्यकावासीले धुलोबाट मुक्ति पाउन अझै एक चार महिना कुर्नुपर्ने भएको छ। चक्रपथ निर्माणको क्रममा रहेको ग्वार्को कोटेश्वरका बासिन्दाले चर्को धुलो खेपिरहेका छन्।

सडकमा उडेको धुवा-धुलोले मानिसको स्वास्थ‍यमा गम्भीर असर परिरहेको चिकित्सकहरुले बताएका छन्। अफिस, कामका लागि हिडेको सर्वसाधारणहरु सडकमा निस्किँदा लुगा मात्रै होइन उसको पुरै स्वास्थ्य बिग्रिसकेको हुन्छ।

यता, सडक विभाग कार्यालय काठमाडौं १ का प्रमुख मुकुन्द अधिकारीले मेलम्ची खानेपानी आयोजनाको काम नसकी सडक कालोपत्रे नहुने बताउनुभयो। उहाँका अनुसार पाँच सय किलोमिटर सडकमध्ये ५० किलोमिटर मात्रै आफ्‍नो जिम्मेवारी भएको र बाँकी आयोजनाकै भागमा पर्ने भएकाले मेलम्चीको कामले पूर्णता नपाएसम्‍म सडकले पूर्णता पाउने छैन।

आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ। आयोजनाले पानीको पाइप गाड्न उपत्यकामा अहिले पाँच सय किलोमिटरभन्दा बढी सडक खनेको छ। तर पनि चाबहिल, कोटेश्वर-ग्वार्को सडक खण्डमा अझै धुलाम्‍मे अवस्था कायमै छ।

तस्बिरहरु:  नितु घले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.