राजपासँग छलफल गर्दै प्रधानमन्त्री देउवा

राजपासँग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्ट रहेको राष्ट्रिय जनता पार्टीलाई छलफलका लागि सिंहदरबारमा बोलाउनुभएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित हुने बैठकमा संविधान संशोधन र दोस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल हुने भएको छ ।

साढे ११ बजे डाकिएको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपाका अध्यक्ष मण्डलका नेताबीच छलफल हुने भएको हो ।

राजपा नेताहरुले आफ्ना माग पूरा नभई चुनावमा नजाने अडान लिदैँ आएका छन् भने प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन गर्न गर्न सक्ने अवस्था नरहेको र र चुनावपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत विश्वासमा लिएर संविधान संशोधन पारित गराएरै छाड्ने विश्वास दिलाउनुभएको छ ।

देउवाले राजपालाई चुनावमा सहभागी गराउन उसले राखेका अधिकांश माग सम्बोधन गरिने बताउँदै आउनुभएको छ । सरकारले राजपालाई चुनावमा सहभागी गराउन स्थानीय तह निर्वाचन ऐन समेत संशोधन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.