दुर्घटनामा परेको हेलिकोप्टरका चालकसहित सातै जना सकुशल

दुर्घटनामा परेको हेलिकोप्टरका चालकसहित सातै जना सकुशल

नुवाकोट : तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएको हेलिकप्टर शनिवार रसुवामा दुर्घटनामा परेको छ । काठमाडौवाट तीर्थयात्री लिएर गोसाइकुण्ड पुगेको मनाङ एयरको हेलिकप्टर गोसाइकुण्ड नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

मनाङ एयरको नाइनएन एएलडी कलसाइनको ६ सिटको हेलिकप्टर गोसाइकुण्डमा अवतरणको क्रममा पछाडिको पुच्छर हेलिप्याडमा ठोक्किएर दुर्घटनामा परेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । चालकसहित सवै यात्रु सकुशल रहेको उहांले बताउनुभयो ।

गोसाँइकुण्ड गाउँपालिका वडा नं. ५ मा रहेको गोसाइकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको छ । कुण्डको पश्चिमी भेगमा रहेको हेलिप्याडमै भएको दुर्घटनाबाट सो हेलिकप्टरमा सामान्य क्षति पुगेको छ ।

चालक प्रकाश सेढाइले उडाएको सो हेलिकप्टर मार्फत काठमाडौबाट गोसाइँकुण्डमा स्नान गर्न गएका चालक सहित ७ जना दुर्घटनाबाट जोगिएका छन् । स्थानीयवासीले हेलिकप्टर तथा चालकसहित यात्रुहरुको उद्धार गरेका छन् ।

घटनालगत्तै काठमाडौवाट मनाङ र डाइनेष्टि एयरको दुई वटा हेलिकप्टर प्राविधिकसहितको टोली लिएर गोसाइकुण्ड पुगेर ६ यात्रुलाई काठमाडौ ल्याएको मनाङ एयरका कर्पोरेट चिफ राजु न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा परेको हेलिकप्टर गोसाइकुण्डको हेलिप्याडमै छ ।

तीन जनाको प्राविधिक टोलीले दुर्घटनामा परेको हेलिकप्टरको परिक्षण गरिरहेको छ । गोसाइकुण्डमा हुस्सु र चिसो रहेको कारण दुर्घटनापछि हेलिकप्टरमा आगजनी हुन नपाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.