चुनाव सार्ने राजपाको प्रस्ताव सरकारद्वारा अस्वीकृत : चुनावमा सहभागी नहुने राजपाको घोषणा

चुनाव सार्ने राजपाको प्रस्ताव सरकारद्वारा अस्वीकृत : चुनावमा सहभागी नहुने राजपाको घोषणा

काठमाडौं : आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न राष्ट्रिय जनता पार्टी (राजपा) ले राखेको प्रस्ताव सत्ता गठबन्धनले अस्वीकार गरेपछि सो पार्टीले चुनावमा भाग नलिने घोषणा गरेको छ ।

सत्ता गठबन्धनका कांग्रेस र माओवादी तथा राजपाका नेताहरुको बैठकमा दुई पक्षीय छलफल विना निष्कर्ष टुंगिएपछि वार्ता भंग भएको हो ।

‘चुनावको मिति नसार्ने हो भने भाग लिन सक्दैनौ’वार्ताको अन्त्यमा राजपाका नेताहरुले भन्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसहित सत्ता गठबन्धनका नेताहरुले चुनाव सार्न सम्भव नरहेको बताएपछि राजपाका नेताले चुनावमा भाग नलिने घोषणा गर्नु भएको हो ।

‘राष्ट्रिय मुद्दा सम्बोधन गर्न चुनावको मिति सार्नुपर्छ भन्ने राजपाका नेताहरुको प्रस्ताव थियो । सरकार र हाम्रो पार्टीले चुनावको मिति सार्न सम्भव छैन । प्राविधिक बिषय हल गर्न सकिन्छ भन्यौ’, वार्तामा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भन्नुभयो ‘चुनावको मिति सार्न सक्नु हुन्न भने हामी पनि निर्वाचनमा भाग लिन सक्दैनौ भनेर राजपाका नेताहरुले भन्नुभयो । बैठक यत्तिकैमा टुंगियो ।’

श्रेष्ठका अनुसार राजपाका नेतालाई मनाउने अन्तिम प्रयास स्वरुप शनिवार साँझ र आइतवार पनि पुन छलफल गर्ने समझदारी भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.