दाङका एक व्यवसायी दुई दिनदेखि सम्पर्कविहीन, अपहरणको आशंका

तुलसीपुर : तुलसीपुरका कपडा व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी शुक्रवारदेखि सम्पर्क बिहिन हुनु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ मा विगत लामो समयदेखि बुटवल वस्त्रालयका सञ्चाका राजकुमार श्रेष्ठ शुक्रबार रातिदेखि सम्पर्क बिहिन हुनु भएको हो । घरबाट शुक्रवार साँझ रोटरी क्लबको कार्यक्रमका लागि भनेर जानु भएका श्रेष्ठ शनिवार दिउँसोसम्म पनि घरमा नफर्किएपछि खोजी सुरु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले श्रेष्ठ सम्पर्क बिहिन भएको परिवारले जनाएपछि सम्भावित क्षेत्रमा खोजी कार्य सुरु गरेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले परिवारको निवेदन अनुसार खोजी सुरु गरेको जानकारी दिनुभयो ।
श्रेष्ठ सवार गाडी राप्ती राजमार्ग अन्तरगत सल्यानको जंगलमा भेटिएको छ । उहाँको गाडी भेटिएको क्षेत्रमा दाङ र सल्यानको प्रहरीले खोजी तथा अनुसन्धान गरिरहेका तिम्सिनाको भनाइ छ ।
श्रेष्ठ सवार बा ११ च १०७१ नम्बरको गाडी त्यो संगै अर्काे भारतीय नम्बर प्लेटको गाडी सल्यानको रिममा फेला परेको छ । द्ुवै गाडीको टायरको हावा गएको अवस्थामा फेला परेको र गाडिमा कुनै पनि सामग्री नभएको तिम्सिनाले जानकारी दिनुभयो । श्रेष्ठको अपहरणको आशंका पनि गरिएको छ ।
भारतीय नम्बर प्लेटको गाडी पनि संगै हुनुले अपहरणको आशंका गरिएको हो । श्रेष्ठको अवस्थाबारे अनुसन्धान भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिनु भयो ।
यस अघि पनि तुलसीपुरका व्यवसायी रत्नबहादुर ओली सम्पर्क बिहिन हुनु भएको थियो । ओलीको शव २८ औँ दिनमा घोराही लमही सडकको चौपट्टा जंगलमा भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस !
