किन केही विद्यार्थीले शनिबार कोरियन भाषा परीक्षा दिन पाएनन् ?

काठमाडौं : २६ नम्बर परीक्षा केन्द्रमा प्राविधक कारण २७ गतेको ईपीएस कोरियन भाषा परीक्षा दिनेबाट बन्चित भएका छन् । परीक्षा दिन नपाउने परीक्षार्थीका लागि अर्को परीक्षा मिति तोक्न पहल हुने कोरिया ईपीयस शाखाले जनाएको छ ।
इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्ड खुमल्टार केन्द्रमा परीक्षा दिन गएका सिम्बोल नम्बर १००७२८३७ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षा दिन बन्चित भएको विषयलाई लिएर परामर्श गरी पुनःपरीक्षा लिने पहल गर्ने शाखाले जनाएको हो।
कोरिया ईपीएस शाखाले केन्द्रीय समन्वय तथा अनुगमन समिति र एचआरडी सर्भिस अफ कोरियासँग आवश्यक पहल गरी यथासक्य परीक्षा दिने व्यवस्था गराउने पहल गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस !
