भक्तपुरमा रुट परमिट पर्खँदै साझा बसलाई टक्कर दिने नगर बस

भक्तपुरमा रुट परमिट पर्खँदै साझा बसलाई टक्कर दिने नगर बस

भक्तपुर : यातायात व्यवस्था विभागले रुट परमिट नदिँदा भक्तपुरका बस व्यवसायीहरुका ठूला गाडी एक महिनादेखि थन्किएर बसेका छन्। भक्तपुरको सूर्यविनायकबाट छुट्ने साझा यातायातकै बस चल्ने रुट मागेका व्यवसायीहरुले रुट परमिट नपाउँदा बस चलाउन नपाएका हुन्।

भक्तपुर मिनिबस सेवा समितिमा आवद्ध बस व्यवसायीहरुले साझा बसजस्तै ठूला नगर बस सञ्चालनको लागि तम्तयार राखेको महिनादिन बित्न लागेको छ। उनीहरुले रुट परमिट प्राप्त हुनेबित्तिकै चलाउने गरी ठूला बसहरुलाई भक्तपुर नगरपालिका १ दूधपाटीस्थित पुरानो बसपार्कमा लामबद्ध राखेका छन्। ती बसहरुमा भक्तपुर–काठमाडौं नगर बस सेवा लेखेर व्यवसायीहरुले तम्तयार राखेका हुन्।

पहिलो चरणमा २० वटा ठूला बस सञ्चालनमा ल्याउने लक्ष्य रहेको भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिनुभयो।

उहाँका अनुसार भक्तपुरका व्यवसायीहरुले करिब ४० सीटको अत्याधुनिक बस झिकाएका हुन्। ती बसहरुमा सीसी टीभी क्यामेरासमेत जडान भएका छन्। जसले गर्दा बसभित्र हुने पकेटमारी तथा अन्य क्रियाकलाप चालकको निगरानीमा हुने अध्यक्ष महर्जन बताउनुहुन्छ।

‘बसमा जीपीआरएससमेत जडान गरिएको छ’, उहाँले भन्नुभयो, ‘बसमा निःशुल्क वाईफाईसमेत जडान गर्ने लक्ष्य रहेको छ।’

यो गाडी हाल सञ्चालनमा आएका बसभन्दा ठूलो एवं फराकिलो छ। त्यसैले बसभित्र कोचिएर बस्नुपर्ने अवस्थामा अन्त्य हुने व्यवसायीहरुको दावी रहेको छ। त्यस्तै बसको सीट आरामदायीसमेत भएको अध्यक्ष महर्जनको भनाइ छ।
‘असार १ गतेदेखि बस सञ्चालन गर्ने सम्पूर्ण तयारी गरेका थियौं’, उहाँले थप्नुभयो, ‘तर यातायात व्यवस्था विभागबाट रुट परमिट मिलेको छैन।’
रुट परमिट प्राप्त नहुँदा भक्तपुर नगरपालिका १ दूधपाटीस्थित पुरानो बसपार्क व्यवसायीहरुको गाडी थन्किएर बसेका छन्।

साझा यातायातले भक्तपुरमा रुट माग्दा यहाँका व्यवसायीहरुले विरोध गरेका थिए। व्यवसायीहरु विभाग पुगेर साझालाई रुट परमिट नदिन पटकपटक पुगेका थिए। त्यसबेला विभागले साझासँगै भक्तपुरका व्यवसायीहरुलाई पनि उक्त रुटमा बस सञ्चालन गर्ने परमिट दिने प्रतिबद्धता जनाएको आधारमा आफूहरुले करिब चालीस लाख खर्चेर ठूला बस झिकाएको बताएका छन्।
विभागको प्रतिबद्धताअनुसार बस आइसकेपछि रुट परमिट प्राप्त नभए आफूहरु आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन्।

‘साझासँगै हामीलाई पनि विभागले रुट परमिट दिने प्रतिबद्धता जनाएकै हो’, अध्यक्ष महर्जनले भन्नुभयो, ‘सोहीअनुसार हामीले रुट परमिट मागिरहेका छौं तर प्राप्त हुन सकेको छैन।’

उहाँले रुट परमिट प्राप्त नहुँदा व्यवसायीहरुमा चिन्ता बढेको सुनाउनुभयो। उहाँका अनुुसार रुट परमिटमा अलमल हुँदा थप २० वटा गाडी ल्याउने तयारीमा लागेका व्यवसायीहरुसमेत पछि हटिरहेका छन्।

नगर बसको सहचालक महिला !
भक्तपुर मिनिबस सेवा समितिले ती नयाँ बसमा महिलालाई सहचालक राख्ने तयारीसमेत अघि बढाएको छ। यातायातका साधनमा बाल श्रमिक प्रयोग भएको तथा भएका सहचालकहरुले यात्रुसँग शिष्ट एवं आदर नगरेको गुनासो आएकाले महिला परिचालक राख्ने तयारी गरिएको समिति अध्यक्ष महर्जन बताउनुहुन्छ।

‘नयाँ बसमा महिला सहचालक राख्ने तयारी अघि बढाएका छौं’, उहाँले भन्नुभयो, ‘त्यसको लागि सार्वजनिक रुपमा महिला सहचालक आह्वान गर्ने प्रक्रिया अघि बढाएका छौं।’ मुख्य कुरा रुट परमिट रोकिँदा व्यवसायीहरुको सबै तयारी बेकाम हुँदै आएको उहाँको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.