रेडियोबाट आफ्नै आवाजमा मत माग्दै उम्मेदवार

रेडियोबाट आफ्नै आवाजमा मत माग्दै उम्मेदवार

सोलुखुम्बु: दुर्गम हिमाली यस जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा भोट माग्न धेरैजसो उम्मेदवारले स्थानीय रेडियोको प्रयोग गरिरहेका छन्।

चुनावी अभियानमा लागेका अधिकांश गाउँ/नगर प्रमुखका उम्मेदवारले आफ्नै आवाजमा आफ्ना योजना तथा प्रतिबद्धतासहित मतदातासँग भोट मागिरहेका छन्। कसैले आफ्नो व्यक्ति-परिचयसहित निर्वाचित भएमा गर्ने कामबारे मत मागिरहेका छन् भने कसैले आफूले यसअघि गरेका कामको चर्चा गरेका छन्।

विभिन्न स्थानीय एफएमले सःशुल्क उपलब्ध गराएको समयमा उम्मेदवारले भोट मागेका हुन्। आफूले यसअघि गरेको र अब गर्ने कामको प्रतिबद्धता मतदातालाई आफ्नै आवाजमा सुनाउन पाउँदा सहज भएको सोलुदूधकुण्ड नगरपालिमा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार आङदामी शेर्पाले बताउनुभयो।

सकेसम्म सबै बस्तीमा पुगेर मत मागेको भए पनि आफ्नो प्रतिबद्धता एफएमबाट सुन्दा मतदातामा विस्वास हुने शेर्पाको ठहर छ। नेकपा (माओवादी केन्द्र) का सोही नगरपालिकाका प्रमुख पद उम्मेदवार ङिमा तेण्डुप लामाले प्रचारका लागि रेडियो सजिलो माध्यम भएको बताउनुभयो।

नेपाली काँग्रेसले यसबेलासम्म उम्मेदवार चयन गरिनसकेकाले उसका यस्ता विज्ञापन बिरलै बज्ने गरेका छन्। निश्चित समय खरिद गरी आफ्ना कुरा आफ्नै आवाजमा सुनाउँदै मत माग्ने अवसर दललाई दिएको र उनीहरुको सहभागिता उत्साहजनक रहेको हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताउनुभयो।

जिल्लामा अहिले प्रचारप्रसारका क्रममा भित्तेलेखन लगभग शुन्य जस्तै छ भने पोस्टर/पम्प्लेटको प्रयोग पनि निकै न्यून छ। घोषणापत्रसहितका हाते पुस्तिका तथा ब्रोसर र टिसर्ट÷टोपी, ज्याकेट आदिमा भने दलले प्रशस्त खर्च गरिरहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.