नट खोल्‍ने रिन्चमा १७ घण्टा लिंग अड्किएपछि..

नट खोल्‍ने रिन्चमा १७ घण्टा लिंग अड्किएपछि..

एजेन्सी: एउटा चिनियाँ नागरिकको लिंग नट खोल्‍ने रिन्चमा अड्किएपछि चिकित्सकहरुले १७ घण्टा लगाएर सफल शल्‍यक्रिया गरेका छन्। पूर्वी चीनको झेजियाङ प्रान्तका ३७ वर्षीया ती चिनिया नागरिकको नाम गोप्‍य राखेर अस्पतालले शल्‍यक्रिया गरेको डेली मेलले जनाएको छ।

डेली मेलका अनुसार रिन्चमा लिंग अड्किएपछि डन्टलका चिकित्सकहरुले सुरुमा निकाल्‍न असफल भएका थिए। तर पछि डेन्टल ड्रिलको सहायताले १७ घण्टापछि रिन्चलाई काटिएको थियो।

यता, चिनिया अनलाइन हुवानक्यू डटकमलाई उद्दृत गर्दै डेली मेलले ती नागरिकले विवाह नगरेको बताइएको छ। उनी लिनहाइ शहरमा बस्दै आएका छन्।

सुरुमा उसले लिंग अड्किएपछि ताइजाउ अस्पतालमा भर्ना भएका थिए । तर पछि उक्त अस्पतालले शल्‍यक्रिया गर्न नसकेपछि डेन्टल अस्पतालमा सारिएको थियो। जब डेन्टल चिकित्सकहरुले अपरेशन सफल बनाए उसको लिंगबाट रगत बगिरहेको थियो।

चिकित्सकहरुले उसको अभिभावको खोजी गरेर अनुमति लिएपछि मद्दतका लागि फायर लिन्हाइ अग्नि नियन्त्रकलाई बोलाउनु परेको थियो। तर, अग्नि नियन्त्रकले फलाम काट्ने ग्रिन्डर प्रयोग गर्दा लिंगमा असर गर्ने बताएपछि अस्पतालले आपत्कालिन बैठक बोलाइएको डेली मेलले समाचार उल्लेख गरेको छ।

समाचारमा बताइए अनुसार आपत्कालिन बैठकबाट दन्त चिकित्सकले समस्या समाधान गर्नसक्ने निष्कर्ष आएपछि झौउ जी र सि जेङगशसेङगलाई अस्पताल बोलाइएको थियो। उनीहरुले आधा घण्टामै उच्चगतिको अत्याधुनिक डेन्टल ड्रिलको प्रयोग गरी सफलतापूर्वक लिंगमा अड्किएको रेन्चलाई निकालि दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.