गोविन्द गौतमको हत्यापछि गएको सीमा सर्भे टोली कामै नसकी फर्कियो

गोविन्द गौतमको हत्यापछि गएको सीमा सर्भे टोली कामै नसकी फर्कियो

 महेन्द्रनगर : कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा विवाद टुङ्ग्याउन आएको सीमा सर्भे टोली काम नसकी फर्किएकोे छ ।
सरकारले सीमा क्षेत्रको विवाद टुङग्याउन भन्दै गत चैत्र २५ गते नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्य, नापी अधिकृत दिपेशवाल र काशीलाल चौधरी सहितको तीन सदस्यीय टोलीलाई पुनर्वासमा पठाएको थियो । कार्यक्षेत्रमा आएर काम थालेको टोलीले काम सम्पन्न नगरी फर्किएपछि स्थानीयवासीहरु भने आक्रोशित भएका छन् ।
पुनर्वासका स्थानीय पत्रकार हेमन्त न्यौपानेले काम गरिरहेको टोली रातारात काठमाण्डौ फर्किएपछि स्थानीय आक्रोशित भएका र तत्काल काम सम्पन्न गरेर अस्पष्ट सीमाको समस्या समाधान गर्न माग गरेको बताउनुभयो । नेपाली र भारतीय सीमा सर्भे टोलीले चैतदेखि विवादित क्षेत्रको सीमा सर्भेको काम गर्दै आइरहेका थिए ।
सीमा सर्भे टोलीले विवाद क्षेत्र छुट्याएपछि भारतीय पक्षको सास्तीबाट छुटकारा पाउने आशा बोकेका स्थानीय बासिन्दा दुई महिना अघि आएको सीमा सर्भे टोली काम नसकी फर्किएपछि निराश भएका छन् । एक सय ९८ र एक सय ९९ नम्बरको रिफ्रेन्स पिलरबाट पाँच सय मिटर भारततर्फ नेपाली भूमी परेकाले भारतीय पक्षले एक हप्तादेखि काम गर्न नदिएको भन्ने बुझिएको स्थानीयले बताएका छन् ।
नेपालका तर्फबाट सीमा सर्भे टोलीमा खटाइएका नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यले विभागबाट बोलाएपछि आफ्नो टोली फर्किएको बताउनुभयो । ‘कञ्चनपुर मात्र नभई टोलीलाई कपिलवस्तु, दाङ्ग र रुपन्देहीको समेत सर्भे गर्ने जिम्मेवारी हो’ उहाँले भन्नुभयो, ‘अहिले वर्षात शुरु हुन लागेको र काम पनि गर्न नसकिने हुँदा टोली फर्किएको हो ।’ उहाँले नेपाल र भारतका उच्च स्तरीय समितिको असार ७ गतेको बैठक समेत भएकाले सो बैेठकमा समेत अहिलेसम्मको कामका बारेमा जानकारी पेश गर्नुपर्ने भएकाले काठमाण्डौ जानु परेको बताउनुभयो ।
असार ७, ८ र ९ गते एसओसी( सर्भेयर अफिसर कमिटी) को बैठक बस्ने भएको छ । उक्त बैठकमा नेपाल भारतका उच्च सीमा सर्भे अधिकारीहरुले छलफल गरेर थप निर्णय गर्ने जनाइएको छ । नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यले विभागले खटाएका समयसम्म सर्भे टोलीले काम गरेको र विभागको निर्णयपछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार दुवै पक्षको सहमतिपछि वर्षातमा काम गर्न नसकिने हुँदा टोली फिर्ता भएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले टोली फिर्ता भएको बारेमा आधिकारिक जानकारी नआएको बताउनुभयो । ‘टोलीका प्रमुख नापी अधिकृत निर्मल आचार्यले अन्य जिल्लाको अवस्था र विभागबाट समेत बोलाइएकाले काठमाण्डौ हिडेको जानकारी दिनुभएको हो’ प्रजिअ खनालले भन्नुभयो,‘ तर टोलीले कामै नसकेर फर्किएका विषयमा विभागबाट समेत जानकारी आएको छैन््’ ।
यसअघि, सीमा क्षेत्रका विषयका नेपाली र भारतीय पक्ष वीच पटक पटक विवाद हुदै आएको थियो । गत फागुन २६ गते पनि सीमा क्षेत्रमा कलभर्ट बनाउने विषयमा विवाद हुदा भारतीय सुरक्षाकर्मीको गोली लागेर पुनवार्सका गोविन्द गौतमको ज्यान गएको थियो । स्थानीय गोविन्द गौतमको ज्यान गएपछि सो क्षेत्रमा विवादित सीमाको समस्या समाधानका लागि भन्दै सरकारले निर्मल आचार्यको नेतृत्वमा सर्भे टोली कञ्चनपुर पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.