महाकाली नदीमा एक युवक बेपत्ता

महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी :  महाकालीमा नदीमा नुहाउने क्रममा शनिवार दिउँसो बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पञ्चेश्वर गाँउपालिका १ शेरीका १८ वर्षीय रोहित सिंह घटाल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

भारतीय सीमाबजार जमरसिऊबाट सामान ल्याएर फर्किएका रोहित दिउँसो ३ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा पञ्चेश्वरको पुरघाट भन्ने ठाउबाट बेपत्ता भएका हुन् ।

रोहित कुलाउ माध्यमिक बिद्यालयमा कक्षा ११मा अध्ययनत रहेका थिए । बेपत्ता युवकको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य जारी राखेका छन् । त्यस क्षेत्रका स्थानीय बासिन्दा दैनिक उपभोग्य सामानको लागी समेत महाकाली पारी सीमाबजारबाट ल्याउने गरेका छन् ।

यस्तै बुधबारदेखि चौलानी नदिमा बेपत्ता रहेका राजु नाथ (नबिन) को अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । बैतडीको डिलासैनी ५ गोकुलेश्वर,नगराउ घर भएका १६ वर्षीय नाथ बुधबार पौडी खेल्ने क्रममा बाट गोकुलेश्वर बाट बेपत्ता भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.